कक्षा १० र १२ का विद्यार्थीहरुलाई बिदाई तथा बधाई

असार २ , २०८२

यस श्री जनप्रेम माध्यमिक विद्यालयको कक्षा ९ ले १० लाई र कक्षा ११ ले १२ लाई एक कार्यक्रम गरी बिदाई तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि सोही कार्यलाई निरन्तरता दिदै उक्त कार्यक्रम सम्पन्न गरिएको व्यहोरा विद्यालयका सूचना अधिकारी दामोदर शर्माले बताउनुभयो । सोही कार्यक्रममा मा.वि. तहका शिक्षक श्री देविसंह सुतार र सृजना थापा पुनलाई विदाई समेत गरिएको थियो । शिक्षक देवसिंह सुतारले नुवाकोटबाट र शिक्षक सृजना थापा पुनले कास्कीबाट स्थायी शिक्षकको रुपमा सिफारिस हुनुभएको हुनाले आजसम्म विद्यालयमा दिनु भएको योगदानको कदर स्वरुप बिदाई गरिएको हो । कार्यक्रम विद्यालयका विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता र सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।