नव आगन्तुक शिक्षकहरुलाई स्वागत

असार २ , २०८२

शिक्षक सेवा आयोगद्वारा लिइएको परीक्षाको विभिन्न चरणहरु उत्तीर्ण गर्दै स्थायी शिक्षकको रुपमा सिफारिस भई यस विद्यालयमा हाजिर हुन आउनु भएका शिक्षकहरु श्री हस्त बहादुर थापा, भिमादेवी थापा र अस्मिता पुनलाई विद्यालयमा स्वागत गरिएको छ । शिक्षक सेवा आयोगद्वारा सिफारिस भई आउनुभएका स्थायी शिक्षकहरुबाट शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पुग्ने विश्वास विद्यालयका प्रधानाध्यापक नईन्द्र बहादुर गुरुङ बताउनुहुन्छ ।