अध्यक्षको भनाई

पूर्ण बहादुर गुरुङ

वि. व्य. स. अध्यक्ष

जनप्रेम माध्यमिक विद्यालय बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. १ मा अवस्थित एक ऐतिहासिक पहिचान बोकेको विद्यालय हो । यो विद्यालयको स्थापना कालदेखि हालसम्मको अवस्थामा आइपुग्दा धेरै अग्रज व्यक्तित्वहरुको ठूलो योगदान रहेको छ साथै विद्यालयलाई ह्रदयदेखि नै माया गर्ने आम जनसमुदायको श्रम – पसिना बगेको छ । सर्वप्रथम म उहाँहरुलाई स्मरण गर्दै , सम्मान व्यक्त गर्न चाहन्छु ।

हाम्रो अभियान यस विद्यालयलाई एक गर्व गर्न लायक विद्यालय बनाउनु हो र यस विद्यालयलाई एक उचाइमा पुरयाउनु हो । हामी चाहन्छौ कि अबको शिक्षा स्वाआत्मनिर्भरमुखी एवं प्रविधि मैत्री शिक्षासँग जोडिनु नितान्त आवश्यक छ । आजको युगमा विश्वसँग जोडिन अर्थात नजिक रहन आधुनिक प्रविधिलाई पछ्याउनु आवश्यक छ भने राष्ट्र र समाजलाई अर्थतन्त्रको बलियो आधार बनाई समृद्ध बनाउन र आम जनसमुदायलाई आफ्नै राष्ट्र र समाज भित्र आत्मनिर्भर बन्न र बनाउन विद्यालय शिक्षा स्तर देखि नै उत्पादनमुखी र प्रविधि मैत्री शिक्षासँग जोडिनुको विकल्प छैन ।

तसर्थः यस विद्यालयलाई शैक्षिक, आर्थिक र भौतिक पक्षबाट साथै अन्य पक्षहरुबाट पनि सु-सम्पन्न बनाउनको निमित्त अनवरतरुपमा साथ र सहयोग गर्नु हुने सबै सरोकारवाला पक्षहरुलाई हार्दिक आव्हान गर्दै अन्तमा यस विद्यालयलाई एक उत्कृष्ट नमुना विद्यालय बनाउनको निमित्त सहयोग पुरयाउनु हुने सहयोगी हातहरु, विद्यालय व्यवस्थापनका साथिहरु, विद्यालयका प्र.अ. लगायत शिक्षक वर्गहरु साथै स्थानीय सरकारलाई विशेष हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद !!!