समाचारहरु

गल्कोट समाज जापानद्वाराअक्षयकोष स्थापना

बैशाख १०, २०८३

ताराखोला गाउँपालिका वडा नंर १ स्थित श्री जनप्रेम माध्यमिक विद्यालयमा एक ‌औपचारिक कार्यक्रम सहित गल्कोट समाज जापानले ५ लाखको अक्षयकोष स्थापना गरेकोछ । गल्कोट समाज जापानका अध्यक्ष श्री रत्नसिंह बस्नेत, महासचिव श्री दिलिप कँडेल, सचिव श्री भेषराज गौतम (कृष्ण), सचिव श्री कुलविर थापा, सह-कोषाध्यक्ष श्री दुर्गा थापा, सदस्य श्री प्रकाश निउरे, गल्कोट समाज नागोयाका सचिव श्री तुलविर था...

छात्राहरूले पनि चलाए मिनीटेलर हलो

बैशाख १०, २०८३

जनप्रेम माध्यमिक विद्यालयको कक्षा ९, १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई मिनिटेलर चलाउने सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा विशेष गरी विद्यार्थीहरूलाई टिक्ने र बिक्ने बनाउने उद्देश्यले यो सीप सिकाइएको हो । विद्यालयले विगत  वर्षदेखि विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त अन्य व्यवहारिक तथा व्यवासयिक सीप सिकाउने उद्देश्यले फरक अभ्यास सञ्चालन गर्दै आएको ह...

जनप्रेम बालक्बले मनायो बाल दिवस

बैशाख १०, २०८३

“ बालबालिकामा लगानी, सुनिश्चिच भविष्यको थालनी ” भन्ने मूल नाराका साथ २०८२ साल भाद्र २९ गते जनप्रेम बालक्लवले एक औपचारिक कार्यक्रम सहित ६१ औं बालदिवस मनाएको छ । जनप्रेम मा.वि.को कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गरेर विविध प्रतियोगिताहरु सञ्चालन गरेको छ । कक्षा १-३ का लागि बेलुन फुटाउने, कक्षा ४-५ का लागि चम्चा दौड, कक्षा ६-८ का लागि वक्तृत्वकला र ...

दर खाने कार्यक्रमसँगसँगै उत्कृष्ट विद्यार्थी सम्मान

बैशाख १०, २०८३

जनप्रेम माध्यमिक विद्यालयले विद्यालयमै २०८२ सालको हिन्दू महिलाहरुको महान पर्व तिजको दर खाने कार्यक्रमसँगसँगै उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०८१ सालको एसईई र कक्षा १२ को परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी तथा सम्बन्धित अभिभावकहरुलाई २०८२ साल भाद्र ६ गते शुक्रवारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । ताराखोला गाउँपालिकाद्वारा सञ्...

कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १२ को परीक्षामा सम्मिलित २४ जना विद्यार्थीहरुमध्ये २२ जना तपसिल बमोजिमको जिपिए सहित उत्तीर्ण हुन सफल हुनुहुने सम्पूर्ण विद्यार्थी, सम्बन्धित विषय शिक्षक, अभिभावक, विव्यस तथा शिअसंका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गरिन्छ । 1 AMRITA NEPALI 2.49 2 BINITA PUN 2.40 3 CHANDRA GHARTI PUN 2.42 4 DEBI BK 2.43 5 DENISA GHARTI 2.54 6 DIBAS PUN 2.73 7 DIL KUMAR BK 2.61 8 DIPA ARYAL 3.10 9 GANGA BAHADUR BK 2.63 10 GIT...

नव आगन्तुक शिक्षकहरुलाई स्वागत

बैशाख १०, २०८३

शिक्षक सेवा आयोगद्वारा लिइएको परीक्षाको विभिन्न चरणहरु उत्तीर्ण गर्दै स्थायी शिक्षकको रुपमा सिफारिस भई यस विद्यालयमा हाजिर हुन आउनु भएका शिक्षकहरु श्री हस्त बहादुर थापा, भिमादेवी थापा र अस्मिता पुनलाई विद्यालयमा स्वागत गरिएको छ । शिक्षक सेवा आयोगद्वारा सिफारिस भई आउनुभएका स्थायी शिक्षकहरुबाट शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पुग्ने विश्वास विद्यालयका प्रधानाध्यापक नई...

कक्षा १० र १२ का विद्यार्थीहरुलाई बिदाई तथा बधाई

बैशाख १०, २०८३

यस श्री जनप्रेम माध्यमिक विद्यालयको कक्षा ९ ले १० लाई र कक्षा ११ ले १२ लाई एक कार्यक्रम गरी बिदाई तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि सोही कार्यलाई निरन्तरता दिदै उक्त कार्यक्रम सम्पन्न गरिएको व्यहोरा विद्यालयका सूचना अधिकारी दामोदर शर्माले बताउनुभयो । सोही कार्यक्रममा मा.वि. तहका शिक्षक श्री देविसंह सुतार र सृजना थापा पुनलाई विदाई समेत गरिए...

आफ्नै वेषभुषामा विद्यालय

बैशाख १०, २०८३

जनप्रेम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु आ-आफ्नै वेषभुषामा विद्यालय आउन पाउने व्यवस्था गरिएको छ । प्रत्येक दिन विद्यालयले निर्धारण गरेको विद्यालयको पोसाकमा विद्यार्थीहरु विद्यालयमा आइरहँदा नैराश्यता पैदा हुने भएको हुनाले महिनाको एकदिन विभिन्न जात जातिहरुको पोसाकमा विद्यालयमा आउन पाइने व्यवस्था गरिएको हो । शैक्षिक सत्र २...

विद्यालय सुधार सम्बन्धी अन्तरक्रिया

बैशाख १०, २०८३

२०८१ साल ज्येष्ठ ३१ गते जनप्रेम मा.वि.मा विद्यालय सुधार सम्बन्धी सरोकारवालाहरुबिच एक शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनको स्वागत र शिक्षक श्री देवसिंह सुतारको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष यम बहादुर श्रीस, कार्यपालिका सदस्य श्र...

पूर्व विद्यार्थीद्धारा पुस्तक प्रदान

पुस २३, २०८०

गण्डकी प्रदेश बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ निवासी ईन्द्र बहादुर सुनारको छोरा लोकेन्द्र (विकास) सुनार हालसालै जापानबाट आफ्नै जन्मभूमि नेपाल फर्किए पछि यस विद्यालयलाई पुस्तक प्रदान गर्नुभएको छ । आफूले एसएलसी उत्तीर्ण गरेको विद्यालयको लागि उपहार स्वरुप विद्यालयको लाइब्रेरीका निमित्त झण्डै दुई दर्जन पुस्तक प्रदान गर्नुभएको छ । विकासको श्रीमती अञ्जना सुनारले ...

कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बैशाख १०, २०८३

श्री जनप्रेम मा.वि. भुस्कातले कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको छ । यही मिति २०८० साल भाद्र ६ गते बुधबारका दिन विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना प्रदान गरिएको व्यहोरा विद्यालयका सूचना अधिकारी श्री दामोदर शर्माले जानकारी गराउनुभयो । कार्यक्...

डा.उपाधि प्राप्त गरेकोमा हार्दिक बधाई

बैशाख १०, २०८३

बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ मेहेले जन्म भई यस विद्यालयमा अध्ययन गर्नुभएका पूर्व विद्यार्थी गोविन्द ढुङ्गानाले Statistics विषयमा विद्यावारिधि (PHD) गरी डा. उपाधि प्राप्त गर्न सफल हुनुभएको हुनाले विद्यालयको तर्फदेखि हार्दिक बधाई ज्ञापन गर्दछौ । यस विद्यालयका पूर्व विद्यार्थीहरु मध्ये विद्यावारिधि गर्ने तेस्रो व्यक्तिका रुपमा ढुङ्गाना हुनुहुन्छ । पहिलो व्यक्ति डा. ...

भवन उदघाटन कार्यक्रम सम्पन्न

बैशाख १०, २०८३

पहार ट्रस्ट नेपालको सहकार्य, GROW YOUR AGENCY र ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायको श्रमदानबाट जनप्रेम माध्यमिक विद्यालयमा नयाँ ८ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन निर्माण पश्चात कोभिड १९ का कारणले गर्दा सहयोगि दाताहरु युकेदेखि आउन नसकेको हुनाले उदघाटन भने हुन सकेको थिएन । त्यसैले यही मिति २०७९ साल फागुन २० गते शनिवारका दिन बेलायतका Iman Gadzhi, पहार ट्रस्ट ने...

राष्ट्रपति रनिङ्ग शिल्ड विजेता विद्यार्थीहरुलाई सम्मान

बैशाख १०, २०८३

ताराखोला गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा यही मिति २०७९ साल फागुन ७, ८ र ९ गते गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु बीच सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस विद्यालयबाट सहभागि विद्यार्थीहरुले ७ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित रनिङ्ग शिल्ड नै जित्न सफल भएका छन् । रनिङ्ग शिल्ड विजेता प्रतियोगिहरुलाई २०७९।११।१...

डा. ‌‍ओम गुरुङको श्रद्धाञ्जली सभा सम्पन्न

बैशाख १०, २०८३

यस विद्यालयबाट प्राथमिक शिक्षा आरम्भ गरी सन् १९९६ मा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा पि.एच.डी. को उपाधी प्राप्त गर्नुभएका बहुप्रतिभाशाली व्यक्तित्व प्रा.डा.ओम गुरुङको यही मिति २०७९साल असोज ३१ गते उपचारकै क्रममा क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा अकल्पनीय निधन भएको थियो । विद्यालयको आयोजनामा यही मिति २०७९ साल कार्तिक ११ गते १२ औं पुण्यतिथीका अवसरमा एक औ...

विद्यालय व्यवस्थापन समिति र शिअसंको पुनर्गठन

बैशाख १०, २०८३

बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ अमरभूमि भुस्कातले २०७९ साल भाद्र २४ गते शुक्रबारका दिन अभिभावकहरुको भेला सम्पन्न गरेको छ । भेलाले पूर्ण बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति र तिलक बहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय शिक्षक अभिभावक संघको पुनर्गठन गरेको छ । अभिभावक भेलाका प्रमुख अतिथि ताराखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री य...

अभिभावक भेला र कार्यसम्पादन सम्झौता

बैशाख १०, २०८३

जनप्रेम माध्यमिक विद्यालयको कक्षा १-८ का अभिभावकहरुको भेला यही मिति २०७९।०५।१० गते सम्पन्न भएको छ । भेलाले कक्षा १ देखि ८ सम्मका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयमै दिवा खाजा बनाएर खुवाउने निर्णय पारित गरी कमला वि.क., हरि श्रीस र तिलक बहादुर गुरुङ रहेको ३ सदस्यीय खाजा व्यवस्थापन समितिको गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले आफूले गाउँपालिकासँग...

राष्ट्रिय पदक पनि लिएरै छोडे महेन्द्रले

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १० अध्ययनरत छात्र महेन्द्र वि.क.ले राष्ट्रिय पदक पनि लिएरै छोडे । बागलुङ जिल्ला र गण्डकी प्रदेशमा प्रथम भई यही २०७९ साल आषाढ २८ र २९ गते काठमाण्डौमा सञ्चालन भएको राष्ट्रिय स्तरको बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५१ के.जी. को तौल समूहमा तृतीय स्थान प्राप्त गरी गण्डकी प्रदेश,बागलुङ जिल्ला र ताराखोला गाउँपालिकालाई नै राष्ट्रिय स्तरको तेक्वान्दो प...

स्वर्ण पदक विजेता विद्यार्थीहरुलाई बधाई

बैशाख १०, २०८३

बागलुङ जिल्ला र ताराखोला गाउँपालिकालाई २ स्वर्ण र १ कास्य पदक दिलाउँन सफल विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई । यही मिति २०७९ आषाढ २३ र २४ गते पोखरामा सञ्चालन भएको क्षेत्रीय प्रतियोगितामा यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र वि. क. र कक्षा ८ मा अध्ययनरत छात्रा रेजिना  वि.क.ले २ स्वर्ण र कक्षा ८ की छात्रा युना घर्तीले १ कास्य पदक जितेका छन् । तीनैजना खेलाडीहरुले ...

तेक्वान्दो विजेता खेलाडीहरुलाई बधाई

बैशाख १०, २०८३

यस विद्यालयमा अध्ययनरत छात्रा छात्रहरुले तीन स्वर्ण र एक कास्य पदक जितेका छन् । यही मिति २०७९ आषाढ १६ र १७ गते बागलुङ बजारमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा युना घर्ती, रेजिना वि.क. र कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र वि.क.ले स्वर्ण पदक जितेका छन् । त्यसैगरी कक्षा ९ मा अध्ययनरत छात्रा बबिना श्रीसले कास्य पद...

द पहार ट्रस्ट नेपालद्धारा भवन हस्तान्तरण

बैशाख १०, २०८३

द पहार ट्रस्ट नेपालद्धारा ९२ लाख र स्थानीय जनसमुदायको २५ प्रतिशत श्रमदान तथा ताराखोला गाउँपालिकाको ४ लाख ४६ हजारको सहयोगमा बनेको ८ कोठे नयाँ भवनको हस्तान्तरण कार्य सम्पन्न भएको छ । हस्तान्तरण गर्नका लागि पहार ट्रस्ट नेपालका अध्यक्ष विजुली बहादुर गुरुङ, ईन्जिनियर टेकराज राना र सुपरभाइजर चित्र प्रसाद गुरुङलाई  निर्माण समितिका अध्यक्ष गौरीमाया गुरुङ,सदस्य खरिमाय...

वर्षे विदा सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रा छात्रहरुको लागि वर्षे विदा यही मिति २०७९ आषाढ २६ गतेदेखि श्रावण  ३१ गतेसम्म हुने व्यहोरा सम्बन्धित सबैका लागि जनाकारी गराइन्छ ।

पूर्व विद्यार्थीहरूकाे परिवार बाट ५ लाख बराबरकाे अक्षयकोषकाे स्थापना

बैशाख १०, २०८३

जनप्रेम माविका पूर्व विद्यार्थी प्रा.डा.ओम गुरुङ, डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र गंगप्रसाद गुरुङको परिवारबाट बाबा-आमा र साहिली बुहारीको स्मृतिमा ५ लाख रूपियाँ बराबरकाे अक्षयकोष प्रदान गर्नुभएको छ ।

जनप्रेम माविको कक्षा १-८ का आमाहरूकाे भेला सम्पन्न ।

चैत्र १८, २०७८

जनप्रेम माविको कक्षा १-८ का अामाहरुको भेला सम्पन्न भेलाले कक्षा एकदेखि अाठसम्मका सम्पूर्ण विद्यार्थीहरुलाइ विद्यालयमै खाजा बनाएर खुवाउने निर्णय गरेकाे छ ।

जनप्रेम माविमा अभिभावक जागरण कार्यक्रम

बैशाख ३, २०७९

जनप्रेम माध्यामिक विद्यालय ताराखोला गाउँपालिका–१ भुस्कातमा बुधबार अभिभावक जागरण कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयको समग्र पक्षको विकासका लागि अभिभावकहरुको भूमिकालाई बढोत्तरि गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रममा बोल्दै वडा न १ का वडा अध्यक्ष यम बहादुर श्रीसले सचेत र असल अभिभावकले मात्रै बालबालिकाहरुको मनोविज्ञान बुझ्न र मनोपराम...

विद्यालयका संस्थापक शिक्षक स्व.लालसिंह गुरुङकाे धर्मपत्नीकाे निधन ।

चैत्र २३, २०७८

यस विद्यालयका संस्थापक शिक्षक स्व.लालसिंह गुरुङको धर्मपत्नी गैामती गुरुङको १०१ वर्षको उमेरमा पोखरा रत्नचोकमा भएको निधनले स्तब्ध बनाएको छ । यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछैा ।

विद्यालयका भुपू विव्यस सदस्यलाइ सम्मान पत्र हस्तान्तरण ।

चैत्र २०, २०७८

यस विद्यालयका भुपू विव्यस सदस्य, साविकको अमरभूमि गाविस अध्यक्ष श्री नन्दलाल गैरेको चैारासी पुजाको सु-अवसरमा जनप्रेम मावि, वडा कार्यालय तथा ताराखोला गाउपालिकाको तर्फबाट बाँकी जीवन सुख-शान्ति, सु्स्वास्थ्य र दीर्घायुको कामना गर्दै सम्मान पत्र हस्तान्तरण गरीएकाेछ ।      

कक्षा १० लाई शुभकामना सहित विदाई

चैत्र २९, २०७८

यस जनप्रेम माध्मिक विधालयबाट SEE २०७८/७९ मा सहभागी हुने कक्षा १० सम्पूर्ण विधार्थी भाइ बहिनीहरूलाइ शुभकामना सहित विदाई गरिएकाे छ ।  

प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा विजयी भाइबहिनीहरुलाइ बधाइ ।

चैत्र ३०, २०७८

गण्डकी प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा ताराखोला गाउँपालिकाबाट सहभागी यस विद्यालयका विद्यार्थीहरुमध्येबाट बुद्ध गुरुङ र ग्रिन गुरुङ प्रथम, रेजिना वि.क., शम्भु गुरुङ र दिलिप वि.क. द्धितीय तथा महेन्द्र वि.क., प्रज्वल गुरुङ र दिपेन्द्र गुरुङ तृतीय भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाइ बधाइ छ ।