विद्यालय व्यवस्थापन समितिको पुनर्गठन

असार ११ , २०८३

बागलुङ जिल्ला ताराखोला गाउँपालिका-१ अमरभूमि, भुस्काट स्थित श्री जनप्रेम माध्यमिक विद्यालयले यही २०८३ साल जेठ २८ गते विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ । गौरीमाया गुरुङको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र कृष्ण कुमारी घर्तीको संयोजकत्वमा ९ सदस्यीय शिक्षक अभिभावक संघको पुनर्गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरू सदस्य श्री यम बहादुर घर्ती, सदस्य श्री उमिका पुन छन्त्याल, सदस्य श्री टेक बहादुर वि.क., सदस्य श्री खैकुमारी घर्ती, शिक्षक प्रतिनिधि श्री टेक बहादुर पुन र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङ हुनुहुन्छ । त्यसै गरी शिक्षक अभिभावक संघमा श्री दिपेश गुरुङ, श्री चक्र बहादुर गुरुङ, श्री मना वि.क., श्री पवित्रा वि.क., श्री मनकुमारी रोका, अमृता वि.क., श्री रामकृष्ण चालिसे  र एक स्थान रिक्त राखी शिक्षक अभिभावक संघको समेत पुनर्गठन गरिएको छ ।

वडा अध्यक्ष श्री यम बहादुर श्रीस,  श्री जग बहादुर छन्त्याल, श्री गंग प्रसाद गुरुङ, श्री राम बहादुर घर्ती, श्री पूर्ण बहादुर गुरुङ र श्री सन्त कुमारी घर्ती सहित ६ सदस्यीय सल्लाहकार समितिको समेत व्यवस्थापन गरिएको छ । पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई सल्लाहकारको रुपमा सम्मान सहित राख्ने प्रचलन रहेको व्यहोरा विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो ।

निवर्तमान वि.व्य.स. अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता, शिक्षक अभिभावक संघका संयोजक श्री थमन गुरुङको स्वागत भाषण र विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङको सञ्चालनमा एक ‍औपचारिक कार्यक्रममा नवगठित पदाधिकारीहरू र श्री पूर्ण बहादुर गुरुङको अध्यक्षतामा रहेको पूर्व समितिका पदाधिकारीहरूलाई बढाई सहित अबिर र खादाद्धारा सम्मान गरिएको थियो ।