सरूवा भई आउनुभएका शिक्षकलाई स्वागत

साउन १९ , २०८३

जनप्रेम माध्यमिक विद्यालयकले २०८३ साल साउन १५ गते सरूवा भई आउनुभएका शिक्षकहरूलाई विद्यालयमा स्वागत गरेको छ । ताराखोला गाउँपालिका वडा नं. १ भुस्काट निवासी स्थायी शिक्षकहरू सृजना थापा पुन र रिमा वि.क. पुनलाई विद्यालयमा स्वागत गरेको छ । शिक्षक सेवा आयोगद्धारा लिइएको परीक्षामा स्थायी भई कास्की पुग्नुभएका शिक्षक सृजना थापा पुन र बागलुङ जिल्ला ताराखोला १ माझखर्क कार्यरत रहनु भएका शिक्षक रिमा वि.क. पुनलाई प्रा.वि.तृतीय श्रेणीको दरबन्दी रिक्त भए पश्चात घरपायक मिलाएर सरूवा गरी यस विद्यालयमा लिइएको व्यहोरा विद्यालयका सूचना अधिकारी श्री रामकृष्ण चालिसेले बताउनुभयो ।

२०८३ साल साउन १५ गते विद्यालयलाई बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन गरी अतिरिक्त कक्षा सञ्चालन गर्ने भनी अपर्झट बसेको स्टाफ बैठकमा दुबै शिक्षकहरूलाई विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले अबिर र खादाद्धारा र विद्यालयका सम्पूर्ण शिक्षकहरूले अबिरद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।