जनप्रेम अक्षयकोष कार्यविधि स्वीकृत

भदौ ६ , २०८३

अक्षयकोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत मिति : २०८३।०५।०४
मूलधन संरक्षण, प्रतिफलमा सधै पारदर्शिता; शैक्षिक विकासमा हाम्रो दिगो प्रतिबद्धता

परिच्छेद

प्रारम्भिक

संक्षिप्त नाम प्रारम्भ

  1. यस कार्यविधिको नाम श्री जनप्रेम माध्यमिक विद्यालय अक्षयकोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ हुनेछ ।
  2. यो कार्यविधि विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।
  3. यस कार्यविधिको कार्यान्वयन गर्दा प्रचलित संघीय, प्रदेश तथा स्थानीय कानून र सम्बन्धित निकाय एवम् निर्देशनको पालना  गरिनेछ ।

.         परिभाषा

क) विद्यालय भन्नाले श्री जनप्रेम माध्यमिक विद्यालय, ताराखोला गाउँपालिका-१, अमरभूमि, भुस्काट, बागलुङलाई जनाउँछ ।

ख)   अक्षयकोष भन्नाले विद्यालयको दीर्घकालीन शैक्षिक तथा संस्थागत हितका लागि स्थापना गरिएको मूलधन र त्यसबाट प्राप्त प्रतिफललाई जनाउँछ ।

ग)  मूलधन भन्नाले अक्षयकोषमा स्थायी रूपमा राखिएको रकमलाई जनाउँछ ।

घ)  प्रतिफल भन्नाले ब्याज, निक्षेपबाट प्राप्त आय वा अन्य स्वीकृत लगानीबाट प्राप्त आम्दानीलाई जनाउँछ ।

ङ)    लगानी भन्नाले बैंक तथा वित्तीय संस्था, कानुनबमोजिम सञ्चालनमा रहेको सहकारी वा स्वीकृत प्रक्रिया पूरा गर्ने व्यक्ति वा संस्थामा सुरक्षित रूपमा रकम परिचालन गर्नु हो ।

च) समिति भन्नाले विद्यालय व्यवस्थापन समिति र “उपसमिति” भन्नाले अक्षयकोष व्यवस्थापन उपसमितिलाई जनाउँछ ।

 परिच्छेद

कानुनी आधार तथा उद्देश्य

 .         कानुनी आधार

  1. नेपालको संविधान तथा शिक्षासम्बन्धी प्रचलित कानूनको अधीनमा रही यो कार्यविधि तयार गरिएको छ ।
  2. शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ तथा सम्बन्धित नियमावलीलाई सन्दर्भका रूपमा लिइनेछ ।
  3. स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा स्थानीय तहबाट जारी शिक्षा/आर्थिक कार्यविधि र निर्देशन लागू हुने विषयमा सोही व्यवस्था पालना गरिनेछ ।
  4. बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानून, सहकारी ऐन २०७४ तथा सम्बन्धित नियमावली र वित्तीय कारोबारसम्बन्धी लागू कानूनको पालना गरिनेछ ।
  5. यस कार्यविधि र प्रचलित कानूनबीच बाझिन गएमा प्रचलित कानून मान्य हुनेछ ।

 .         उद्देश्य

  1. विद्यालयको दीर्घकालीन आर्थिक आधार निर्माण गर्ने,
  2. अक्षयकोषको मूलधन सुरक्षित राखी उचित तथा कानुनसम्मत प्रतिफल प्राप्त गर्ने,
  3. विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार र शैक्षिक सहयोग प्रदान गर्ने,
  4. पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधि, स्मार्ट कक्षा तथा अन्य शैक्षिक पूर्वाधारमा सहयोग गर्ने,
  5. शिक्षक तथा विद्यार्थीको क्षमता तथा प्रोत्साहन विकासमा सहयोग गर्ने,
  6. दाताले तोकेको उद्देश्यअनुसार सञ्चालन एवम् उपयोग गर्ने ।

 परिच्छेद

 अक्षयकोषको स्रोत तथा व्यवस्थापन

 .         अक्षयकोषको स्रोत

क) विभिन्न दाता, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूबाट प्राप्त दान,

ख) विभिन्न संघसंस्था, समुदाय तथा अन्य कानुनसम्मत स्रोतबाट प्राप्त सहयोग,

ग)  अक्षयकोषको लगानीबाट प्राप्त ब्याज तथा अन्य स्वीकृत प्रतिफल,

घ)  अन्य कानुनसम्मत आय ।

 .         कोषको व्यवस्थापन

  1. अक्षयकोषको मूलधन र त्यसबाट प्राप्त प्रतिफलको छुट्टाछुट्टै अभिलेख राखिनेछ,
  2. सम्भव भएसम्म अक्षयकोषका लागि छुट्टै बैंक खाता खोली विद्यालयका प्रधानाध्यापक र लेखापालको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गरिनेछ,
  3. हालसम्म प्राप्त अक्षयकोषको सम्पूर्ण रकम, दाता, स्रोत र वर्तमान लगानीको विवरण अनुसूचीमा अद्यावधिक गरिनेछ,
  4. यदि दाताले उद्देश्य तोकेको खण्डमा सोही उद्देश्यका लागि प्राथमिकतापूर्वक उपयोग गरिनेछ ।

 .         मूलधन संरक्षण

  1. मूलधन सामान्यतया विद्यालय सञ्चालनका लागि खर्च गरिने छैन ।
  2. मूलधन फिर्ता हुने सुनिश्चितता नभएको वा अत्यधिक जोखिमयुक्त क्षेत्रमा लगानी गर्न पाइने छैन ।
  3. मूलधन प्रयोग गर्नुपर्ने असाधारण अवस्थामा विद्यालय व्यवस्थापन समितिको विशेष निर्णय तथा प्रचलित कानूनअनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

 परिच्छेद

व्यवस्थापन संरचना जिम्मेवारी

.         अक्षयकोष व्यवस्थापन उपसमिति

विद्यालय व्यवस्थापन समितिले ५ सदस्यीय अक्षयकोष व्यवस्थापन उपसमिति गठन गर्न सक्नेछ । जसमा  (क) विद्यालय व्यवस्थापन समिति अध्यक्ष–संयोजक, (ख) प्रधानाध्यापक-सदस्य सचिव, (ग) व्यवस्थापन समितिबाट मनोनीत सदस्य-सदस्य, (घ) शिक्षक प्रतिनिधि-सदस्य, (ङ) लेखा/वित्तीय कार्य क्षेत्रमा दक्ष व्यक्ति-सदस्य ।

.         उपसमितिको काम

  1. कोषको अवस्था र लगानीको नियमित समीक्षा गर्ने,
  2. सम्भावित लगानी क्षेत्रको जोखिम, प्रतिफल र तरलता मूल्याङ्कन गर्ने,
  3. ऋणीको आवेदन, आयस्रोत, उद्देश्य, धितो र जमानत अध्ययन गर्ने,
  4. लगानीसम्बन्धी प्रस्ताव समितिसमक्ष सिफारिस गर्ने,
  5. ब्याज र साँवा असुलीको अनुगमन गर्ने,
  6. चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी समितिमा पेश गर्ने ।

 १०.       निर्णय अधिकार

१.  अक्षयकोषबाट कुनै पनि नयाँ लगानी गर्दा विद्यालय व्यवस्थापन समितिको लिखित निर्णयबिना गर्न पाइने छैन ।

२.  उपसमितिले सिफारिस मात्र गर्नेछ; अन्तिम स्वीकृति विद्यालय व्यवस्थापन समितिको हुनेछ ।

३.  रकम निकासा/हस्तान्तरण विद्यालयको स्वीकृत बैङ्किङ प्रक्रियामार्फत मात्र गरिनेछ ।

 परिच्छेद

 लगानी नीति

 ११.       लगानीका प्राथमिक क्षेत्र

क) नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मात्र निक्षेप जम्मा गर्ने ।

ख)   प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेको र विद्यालयका लागि उपयुक्त देखिएको सहकारी संस्थामा कानुनसम्मत निक्षेप जम्मा गर्ने ।

ग)  सुरक्षित तथा कानुनसम्मत अन्य माध्यममा मात्र लगानी गर्ने ।

घ)  यस कार्यविधिको कडा शर्त पूरा गर्ने व्यक्ति/संस्थामा मात्र ब्याजमा लगानी गर्ने ।

 १२.       लगानीका मूल सिद्धान्त

लगानी गर्दा क्रमशः (क) मूलधन सुरक्षा, (ख) जोखिम न्यूनिकरण, (ग) पर्याप्त तरलता, (घ) उचित प्रतिफल र (ङ) पारदर्शिता जस्ता प्राथमिकताका आधारमा  गरिनेछ ।

 १३.       बैङ् तथा सहकारीमा लगानी

१.  ब्याजदर मात्र नभई संस्थाको विश्वसनीयता, वित्तीय अवस्था, निक्षेप फिर्ताको क्षमता र जोखिमलाई तुलना गरिनेछ ।

२.  सम्पूर्ण रकम एउटै संस्था वा माध्यममा केन्द्रित नगरी सम्भव भएसम्म विविधीकरण सिद्धान्तमा गरिनेछ ।

३.  सहकारीमा रकम राख्दा उक्त संस्थाको कानुनी हैसियत, नियमितता र जोखिमको मूल्याङ्कन गरिनेछ ।

परिच्छेद

 व्यक्ति/संस्थामा १२% सम्म लगानीको विशेष व्यवस्था

 १४.       व्यक्ति/संस्थामा लगानी गर्न सकिने अवस्था

१.    बैंक/वित्तीय संस्थाबाट प्राप्त प्रतिफल अत्यन्त न्यून भएकोले विद्यालयको मूलधन सुरक्षित हुने पर्याप्त आधार भएको अवस्थामा व्यक्ति वा संस्थामा लगानी गर्न सकिनेछ ।

२.  यस्तो लगानी व्यक्तिगत विश्वास, मौखिक आश्वासन वा राजनीतिक/सामाजिक दबाबका आधारमा गर्न पाइने छैन ।

३.  प्रत्येक लगानीमा आवेदन, जोखिम मूल्याङ्कन, धितो/जमानत, लिखित सम्झौता र समितिको निर्णय अनिवार्य हुनेछ ।

४.    विशेषतः १२% मा लगानी गर्दा विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाहरूलाई निजको सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरूलाई धितोको रूपमा राखेर प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको जमानतमा लगानी गर्न सकिनेछ ।

 १५.   ब्याजदर

१.    व्यक्ति/संस्थालाई लगानी गर्दा विद्यालय व्यवस्थापन समितिले वार्षिक अधिकतम १२ प्रतिशतसम्म  ब्याजदर निर्धारण गर्न सक्नेछ ।

२.    १२ प्रतिशत कुनै स्वचालित वा अनिवार्य दर नभई जोखिम, अवधि, सुरक्षा, बजार अवस्था र विद्यालयको हितअनुसार स्वीकृत दरको अधिकतम सीमा हुनेछ ।

३.  प्रचलित कानून वा सम्बन्धित नियामक निकायको निर्देशनले फरक सीमा तोकेमा सोही सीमा लागू हुनेछ ।

 १६एउटै ऋणीमा लगानी सीमा

१.  सामान्यतः एउटै व्यक्ति/संस्थामा अक्षयकोषको कुल मूलधनको २० प्रतिशतभन्दा बढी लगानी गरिने छैन ।

२.    विशेष कारणले सोभन्दा बढी लगानी आवश्यक भए पर्याप्त धितो, लिखित कारण, जोखिम मूल्याङ्कन र विद्यालय व्यवस्थापन समितिको विशेष निर्णय अनिवार्य हुनेछ ।

 १७.       ऋणी छनोटका अनिवार्य आधार

क) नागरिकता/संस्थागत दर्ता र पहिचान प्रमाण/राष्ट्रिय परिचय-पत्र

ख) स्थायी ठेगाना र सम्पर्क विवरण

ग)  पेशा/व्यवसाय तथा आयस्रोत

घ)  ऋणको स्पष्ट उद्देश्य

ङ) ऋण तिर्न सक्ने क्षमता

च) धितोको कानुनी स्वामित्व र मूल्य

छ) आवश्यक जमानतकर्ता

ज) विगतको आर्थिक व्यवहार तथा उपलब्ध सन्दर्भ ।

 १८.       निषेधित लगानी

सट्टेबाजी, गैरकानुनी कारोबार, अस्पष्ट स्रोत/उद्देश्य, अत्यधिक जोखिमयुक्त गतिविधि वा विद्यालयको प्रतिष्ठा तथा मूलधनमा अस्वीकार्य जोखिम ल्याउने क्षेत्रमा लगानी गर्न पाइने छैन ।

परिच्छेद

धितो, जमानत कानुनी सुरक्षा

 १९.       धितोसम्बन्धी व्यवस्था

१.  रकमको आकार र जोखिमअनुसार पर्याप्त धितो लिनुपर्नेछ ।

२.  धितोको स्वामित्व, रोक्का अवस्था, मूल्य तथा कानुनी हैसियत जाँच गरिनेछ ।

३.  आवश्यक परे स्वतन्त्र/मान्यताप्राप्त मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराइनेछ ।

४.  धितोसम्बन्धी मूल कागजात सुरक्षित अभिलेखमा राखिनेछ ।

 २०.       जमानत

१.  धितो पर्याप्त नभएको अवस्थामा कम्तीमा दुई जना भरपर्दा जमानतकर्ता लिन सकिनेछ ।

२.  जमानतकर्ताको पहिचान, आयस्रोत, ठेगाना र सहमतिसहितको हस्ताक्षर लिइनेछ ।

३.  जमानतकर्ता ऋणीको दायित्वप्रति सम्झौतामा उल्लेख भएअनुसार जिम्मेवार रहनेछ ।

 २१.       सम्झौता अनिवार्यता

रकम उपलब्ध गराउनुअघि विद्यालय र ऋणीबीच लिखित ऋण/लगानी सम्झौता सम्पन्न हुनुपर्नेछ ।

 परिच्छेद

 लगानी स्वीकृति, निकासा अभिलेख

२२.       स्वीकृति प्रक्रिया

१.  ऋणीले अनुसूचीबमोजिम आवेदन दिने,

२.  उपसमितिले कागजात तथा जोखिम मूल्याङ्कन गर्ने,

३.  धितो/जमानत जाँच गर्ने,

४.  उपसमितिले लिखित सिफारिस गर्ने,

५.  विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने,

६.  सम्झौता सम्पन्न गर्ने,

७.  बैंकमार्फत रकम हस्तान्तरण गर्ने,

८.  लगानी र भुक्तानी तालिका अभिलेखमा राख्ने ।

 २३.       नगद कारोबार निषेध

अक्षयकोषबाट व्यक्ति/संस्थालाई ठूलो रकम नगद रूपमा हस्तान्तरण गरिने छैन । सम्भव भएसम्म बैङ्किङ माध्यमबाट मात्र रकम हस्तान्तरण गरिनेछ ।

 २४.       अभिलेख

ऋणी विवरण, सम्झौता, धितो, जमानत, स्वीकृति निर्णय, बैंक भौचर, ब्याज तालिका र असुली विवरण छुट्टै फाइलमा राखिनेछ ।

 परिच्छेद

 ब्याज असुली तथा अनुगमन

२५.       ब्याज भुक्तानी

१.  सम्झौतामा तोकिएको मितिमा ब्याज भुक्तानी गर्नुपर्नेछ ।

२.  ब्याज विद्यालयको आधिकारिक बैंक खातामा जम्मा गरिनेछ ।

३.  प्राप्त ब्याजको रसिद/भौचर तथा लेखा अभिलेख अद्यावधिक गरिनेछ ।

 २६.       अनुगमन

उपसमितिले कम्तीमा प्रत्येक छ महिनामा लगानीको अवस्था, ब्याज भुक्तानी, साँवा बाँकी, धितोको अवस्था र जोखिमको समीक्षा गर्नेछ ।

२७.       ढिलाइ भएमा

पहिलो चरण: भुक्तानी मिति नाघेको ७ दिनभित्र मौखिक/लिखित सम्झना ।

दोस्रो चरण: १५ दिनभित्र लिखित सूचना ।

तेस्रो चरण: ३० दिन पुगेपछि जमानतकर्ता तथा धितोसम्बन्धी पक्षलाई औपचारिक जानकारी ।

चौथो चरण: समितिको निर्णयअनुसार पुनर्तालिकीकरण वा कानुनी असुली प्रक्रिया ।

 परिच्छेद१०

 खराब ऋण असुली प्रक्रिया

२८.       खराब/बक्यौता ऋण वर्गीकरण

सम्झौतामा तोकिएको मितिमा साँवा वा ब्याज नतिरेको लगानीलाई बक्यौता मानिनेछ । लामो समयसम्म भुक्तानी नभएमा समितिले जोखिमअनुसार ‘विशेष निगरानी’ वा ‘खराब ऋण’का रूपमा वर्गीकरण गर्न सक्नेछ ।

 २९.       असुलीका चरण

क) लिखित ताकेता तथा भुक्तानीको अन्तिम मिति तोक्ने ।

ख) जमानतकर्तालाई लिखित जानकारी दिने ।

ग)  ऋणीसँग लिखित पुनर्भुक्तानी योजना माग गर्ने ।

घ)  आवश्यक परे धितो/जमानत कार्यान्वयनका लागि कानुनी परामर्श लिने ।

ङ) जमानत व्यक्तिबाट ऋण असुलीका लागि पहल गर्ने ।

च) प्रचलित कानूनअनुसार सम्बन्धित निकाय वा अदालतमार्फत असुली प्रक्रिया अघि बढाउने ।

छ) असुलीका सम्पूर्ण खर्च तथा निर्णयको अभिलेख राख्ने ।

३०.       पुनर्तालिकीकरण

ऋणीको वास्तविक परिस्थिति, पर्याप्त सुरक्षा र विद्यालयको हित पुष्टि भएमा मात्र समितिले लिखित कारणसहित एक पटकसम्म पुनर्तालिकीकरण गर्न सक्नेछ । पुनर्तालिकीकरणले मूल दायित्व स्वतः माफ गरेको मानिने छैन ।

 परिच्छेद११

 ब्याज/प्रतिफलको उपयोग

३१.       उपयोगका क्षेत्र

  1. विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति,
  2. उत्कृष्ट शैक्षिक उपलब्धिका आधारमा पुरस्कार,
  3. पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधि,
  4. स्मार्ट कक्षा तथा शैक्षिक सामग्री,
  5. शिक्षक/विद्यार्थी क्षमता विकास,
  6. दाताले तोकेको उद्देश्य,
  7. समितिले स्वीकृत गरेको अन्य शैक्षिक कार्यक्रम ।

 ३२.       मूलधन ब्याज छुट्याउने

मूलधन र प्रतिफलको लेखा स्पष्ट छुट्याइनेछ । ब्याज खर्च गर्दा स्वीकृत कार्यक्रम, निर्णय, बिल/भर्पाइ र लेखा प्रमाण अनिवार्य हुनेछ ।

 परिच्छेद१२

 लेखा, लेखापरीक्षण, पारदर्शिता स्वार्थको द्वन्द्व

 ३३.       लेखा

अक्षयकोषको छुट्टै विवरण राखी विद्यालयको नियमित लेखा प्रणालीसँग मिलान गरिनेछ ।

 ३४.       लेखापरीक्षण

अक्षयकोषको आय, व्यय, लगानी, ब्याज र बक्यौता रकम आन्तरिक रूपमा सामाजिक परिक्षण गरी नियमित लेखापरीक्षणमा समेत समावेश गरिनेछ । आवश्यकताअनुसार आन्तरिक समीक्षा पनि गरिनेछ ।

 ३५.       सार्वजनिक/संस्थागत पारदर्शिता

१.    वार्षिक रूपमा अक्षयकोषको कुल मूलधन, प्राप्त ब्याज, खर्च र लगानीको समग्र अवस्था विद्यालय व्यवस्थापन समितिमा प्रस्तुत गरिनेछ । दातालाई आवश्यकतानुसार विवरण माग गरेको खण्डमा उपलब्ध गराउन सकिनेछ ।

३६.       स्वार्थको द्वन्द्व

समिति/उपसमितिका पदाधिकारी, शिक्षक वा कर्मचारी वा उनीहरूका नजिकका सम्बन्धित व्यक्तिको प्रत्यक्ष हित जोडिएको लगानीमा सम्बन्धित व्यक्ति निर्णय प्रक्रियाबाट अलग रहनुपर्नेछ ।

 परिच्छेद१३

 दाता सम्मान तथा कोष अभिलेखीकरण

 ३७.       दाता विवरण

दाता, रकम, मिति, उद्देश्य र दाताले चाहेको नाम/गोपनीयताको विवरण अभिलेखमा कायम गरिनेछ ।

३८.       दाता सम्मान

विद्यालयले वार्षिक उत्सव वा उपयुक्त अवसरमा दाताहरूलाई सम्मान तथा कृतज्ञता ज्ञापन गर्न सक्नेछ । सम्पूर्ण दाताको अक्षयकोषको विवरण विद्यालयको वेबपेज www.janapremmavi.edu.np मा सार्वजनिक गरिनेछ । साथै सहयोगी दाताको  इच्छा भए गोपनीयता समेत कायम गरिनेछ ।

 परिच्छेद१४

 प्रतिवेदन, समीक्षा नियन्त्रण

३९.       अर्धवार्षिक प्रतिवेदन

उपसमितिले प्रत्येक छ महिनामा लगानी, ब्याज, बक्यौता, जोखिम र आगामी कार्ययोजनाको प्रतिवेदन समितिमा पेस गर्नेछ ।

 ४०.       वार्षिक प्रतिवेदन

प्रत्येक आर्थिक वर्षपछि (एक महिनाभित्र) मूलधन, दान, लगानी, ब्याज, खर्च, बक्यौता, खराब ऋण, धितो तथा आगामी योजना समेटिएको वार्षिक प्रतिवेदन तयार गरिनेछ ।

 ४१.       आन्तरिक नियन्त्रण

एकै व्यक्तिले आवेदन, स्वीकृति, रकम निकासा, अभिलेख र असुलीका सबै चरण एक्लै सञ्चालन गर्न पाउने छैन । कम्तीमा दुई तहको जाँच र अधिकार पृथकीकरण गरिनेछ ।

 परिच्छेद१५

 संशोधन, व्याख्या तथा विविध

४२.       संशोधन

प्रचलित कानून, अनुभव र आवश्यकताका आधारमा विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत रूपमा कार्यविधि संशोधन गर्न सक्नेछ ।

 ४३.       बाधा अड्काउ फुकाउने

कार्यविधि कार्यान्वयनमा अस्पष्टता वा बाधा उत्पन्न भएमा प्रचलित कानूनको अधीनमा रही विद्यालय व्यवस्थापन समितिले आवश्यक र उपयुक्त निर्णय गरी बाधा अड्काउ फुकाउ गर्न सक्नेछ ।

 ४४.       कानूनसँग बाझिएमा

यस कार्यविधिको कुनै व्यवस्था प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म प्रचलित कानून लागू हुनेछ ।

  ४५.       कार्यान्वयन

प्रधानाध्यापक, उपसमिति, लेखा जिम्मेवार व्यक्ति तथा सम्बन्धित पदाधिकारीहरूले कार्यविधिको पालना र कार्यान्वयन गर्नुपर्नेछ ।

अनुसूची

 अक्षयकोषको वर्तमान अवस्था तथा लगानी विवरण

क्र.सं. अक्षयकोषको नाम संरक्षकको नाम संस्था/व्यक्तिको नाम मूलधन रु. ब्याजदर अवधि/म्याद धितो/जमानत कैफियत

अनुसूची

 व्यक्ति/संस्थालाई लगानी आवेदन फाराम         

१. आवेदक/संस्थाको नाम : ……………………………………………………………………………….

२. स्थायी/दर्ता ठेगाना : ………………………………………………………………………………………………………..

३. नागरिकता/दर्ता नं. : ………………………………………………..

४. सम्पर्क नं. : ………………………………………………..

५. पेशा/व्यवसाय : ………………………………………………..

६. माग गरिएको रकम : रु. ………………………………………………..

७. रकम प्रयोगको उद्देश्य : ………………………………………………..

८. प्रस्तावित अवधि : ………………………………………………..

९. प्रस्तावित ब्याजदर : ………………………………………………..

१०. आयस्रोत : ………………………………………………..

११. धितोको विवरण : ………………………………………………..

१२. जमानतकर्ताको विवरण : ………………………………………………..

१३. जमानतकर्ताको विवरण : ………………………………………………..

१४. अन्य ऋण/दायित्व : ………………………………………………..

आवेदकको हस्ताक्षर : ………………………. मिति : ……………………….

 अनुसूची

 धितो तथा जमानत विवरण

धितोको प्रकार : ………………………………………………..

धितो धनीको नाम : ………………………………………………..

कित्ता नं./सम्पत्ति विवरण : ………………………………………………..

अनुमानित मूल्य : रु. ………………………………………………..

स्वामित्व प्रमाण : ………………………………………………..

रोक्का/विवाद अवस्था : ………………………………………………..

जमानतकर्ता १ : नाम …………………………………………………ठेगाना …………………………………. सम्पर्क …………………………….

जमानतकर्ता २ : नाम …………………………………………………ठेगाना …………………………………. सम्पर्क …………………………….

जमानतकर्ताको घोषणा : ऋणीले सम्झौताअनुसार दायित्व पूरा नगरेमा सम्झौतामा उल्लेखित सीमा र प्रचलित कानूनबमोजिम जिम्मेवारी वहन गर्नेछु ।

 अनुसूची

 लगानी स्वीकृति तथा निर्णय फाराम

ऋणी/संस्थाको नाम : ………………………………………………..

लगानी रकम : रू.  ………………………………………………..

स्वीकृत ब्याजदर : ………. % वार्षिक

अवधि : ………………………………………………..

साँवा फिर्ता मिति : ………………………………………………..

ब्याज भुक्तानी तालिका : ………………………………………………..

धितो/जमानत : ………………………………………………..

जोखिम मूल्याङ्कन निष्कर्ष : ………………………………………………..

उपसमितिको सिफारिस : ………………………………………………..

विद्यालय व्यवस्थापन समिति निर्णय नं. : …………………… मिति : ……………………

अध्यक्ष हस्ताक्षर : ………………………. प्रधानाध्यापक : ……………………….

 अनुसूची

 ऋण/लगानी सम्झौताको नमुना

आज मिति ………………………….. का दिन श्री जनप्रेम माध्यमिक विद्यालय, ताराखोला गाउँपालिका–१, अमरभूमि, भुस्काट, बागलुङ

(प्रथम पक्ष) र श्री/श्रीमती/संस्था …………………………………………………. (दोस्रो पक्ष) बीच देहायका शर्तमा यो सम्झौता सम्पन्न गरियो ।

  1. प्रथम पक्षले दोस्रो पक्षलाई रु. …………………………………………………. लगानी गर्नेछ ।
  2. उक्त रकममा वार्षिक …………………. प्रतिशत ब्याज लाग्नेछ र ब्याज प्रत्येक ……………………………………….मा भुक्तानी हुनेछ ।
  3. साँवा रकम ………………………………………………………………..गतेसम्ममा पूर्ण रूपमा फिर्ता गर्नुपर्नेछ ।
  4. रकमको उद्देश्य ……………………………………………………………………………………………………………… हुनेछ र उद्देश्य परिवर्तन गर्न प्रथम पक्षको लिखित स्वीकृति आवश्यक हुनेछ ।
  5. धितो/जमानतको विवरण ……………………………………………………………………………………………………… हुनेछ ।
  6. दोस्रो पक्षले समयमै साँवा तथा ब्याज भुक्तानी नगरेमा प्रथम पक्षले सम्झौता र प्रचलित कानूनबमोजिम असुली प्रक्रिया अघि बढाउन सक्नेछ ।
  7. पुनर्तालिकीकरण वा अन्य परिवर्तन लिखित सहमतिबिना मान्य हुने छैन ।
  8. दुवै पक्षले आफ्नो जिम्मेवारी, कागजात र सूचना सत्य तथा पूर्ण रहेको घोषणा गर्नेछन् ।
  9. विवाद उत्पन्न भएमा पहिलो चरणमा आपसी छलफलबाट समाधान गर्ने र समाधान नभए प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको प्रक्रिया अवलम्बन गर्नेछ ।

प्रथम पक्षको प्रतिनिधि: …………………………………………………….. हस्ताक्षर: …………………………..

दोस्रो पक्ष: ……………………………………………………………………. हस्ताक्षर: ………………………….

जमानतकर्ता १: ……………………………………………………………… हस्ताक्षर: …………………………

जमानतकर्ता २: ………………………………………………………………..हस्ताक्षर: ………………………..

साक्षी १: ……………………………………………………………………….. हस्ताक्षर: ………………………..

साक्षी २: ………………………………………………………………………… हस्ताक्षर: ………………………..

 अनुसूची

 ब्याज तथा साँवा असुली ताकेता पत्रको नमुना

श्री ………………………………………………..

विषय: ब्याज/साँवा भुक्तानीसम्बन्धी ताकेता ।

 

उपरोक्त सम्बन्धमा यस विद्यालय र तपाईंबीच मिति ……………….. भएको सम्झौता अनुसार रु. …………………………….. साँवा तथा/व्याज रु. ………………………. भुक्तानी गर्न बाँकी रहेको हुँदा यो पत्र प्राप्त भएको मितिले ……………… दिनभित्र विद्यालयको आधिकारिक खातामा रकम जम्मा गरी प्रमाण उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयभित्र भुक्तानी नभएमा सम्झौता तथा प्रचलित कानूनबमोजिम थप असुली प्रक्रिया अघि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।

प्रधानाध्यापक: …………………………..                                                          विद्यालयको छाप

 अनुसूची

 वार्षिक अक्षयकोष प्रतिवेदन

विवरण रकम रु. कैफियत
प्रारम्भिक मूलधन
नयाँ दान/योगदान
बैंक/वित्तीय संस्था निक्षेप
सहकारी निक्षेप
व्यक्ति/संस्थामा लगानी
वर्षभरि प्राप्त ब्याज
खर्च गरिएको प्रतिफल
बाँकी ब्याज/प्रतिफल
बक्यौता साँवा
बक्यौता ब्याज
खराब ऋण
अन्तिम मूलधन

स्वीकृति तथा प्रमाणीकरण

विद्यालय व्यवस्थापन समितिको निर्णय नं.  मिति २०८३।०५।०४  बाट यो कार्यविधि स्वीकृत गरिएको प्रमाणित गरिन्छ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष: गौरीमाया गुरूङ      हस्ताक्षर: ……………………

प्रधानाध्यापक: नईन्द्र बहादुर गुरूङ                                   हस्ताक्षर: …………………….

लेखा जिम्मेवार व्यक्ति: टेक बहादुर गुरुङ                           हस्ताक्षर: ……………………              विद्यालयको छाप:

कार्यविधि उपर व्यापक छलफल गरी स्वीकृत गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू

  • श्री गौरीमाया गुरुङ वि.व्य.स. अध्यक्ष
  • श्री यम बहादुर घर्ती वि.व्य.स. सदस्य
  • श्री उमिका पुन छन्त्याल वि.व्य.स. सदस्य
  • श्री टेक बहादुर वि.क. वि.व्य.स. सदस्य
  • श्री खैकुमारी घर्ती वि.व्य.स. सदस्य
  • श्री टेक बहादुर पुन शिक्षक प्रतिनिधि
  • श्री नईन्द्र बहादुर गुरुङ सदस्य सचिव
  • श्री यम बहादुर श्रीस सल्लाहकार संयोजक
  • श्री जग बहादुर छन्त्याल सल्काहकार
  • श्री गंग प्रसाद गुरूङ सल्लाहकार
  • श्री राम बहादुर घर्ती सल्लाहकार
  • श्री सन्त कुमारी घर्ती सल्लाहकार