विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिताहरुः

बैशाख ७, २०७९

१. सम्पूर्ण विद्यार्थीहरु विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने ।

२. विद्यालय समयभित्र विद्यालय हाता बाहिर जानुपर्ने बाध्यात्मक स्थिति सृजना भएमा क्लास फादर वा मनिटरसँग आज्ञा माग्नुपर्ने ।

३. कक्षाकोठमा आफ्नो पालो अनुसार नियमित रुपमा सरसफाई गर्नुपर्ने ।

४. प्रत्येक कक्षामा विद्यार्थीहरुले मनिटरको आज्ञा पालना गर्नुपर्ने ।

५. विद्यार्थीहरुले विद्यालय परिसरभित्र बहुमुल्य गरगहना र अस्वभाविक श्रृश्र्गारका सामानहरु औठी,सिक्री,टोपी,बाला

आदि प्रयोग गर्न नपाइने ।

६. विद्यालयमा छात्रहरुले लामो कपाल पालेर अनि छात्राहरुले नङमा पालिस लगाएर आउन नपाइने ।

७. कक्षाकोठाको भित्ता,डेस्क,बेन्च,झ्याल-ढोका आदिमा अनावश्यक कुरा लेख्न नपाइने ।

८. विद्यार्थी आफू विद्यालयमा उपस्थित हुन नसकेको अवस्थामा अभिभावकको मोबाइल नम्बर उल्लेख गरी निवेदन कक्षा शिक्षकलाई पठाउनु पर्नेछ ।

९. विद्यालय हाताभित्र जङ्क फुड प्रयोग गर्न नपाइने ।

१०. विद्यालयमा सञ्चालन गरिने सम्पूर्ण अतिरिक्त क्रियाकलापमा सम्पूर्ण विद्यार्थीहरु अनिवार्य रुपमा सक्रिय सहभागि हुनुपर्ने ।

११. सम्पूर्ण विद्यार्थीहरुले विद्यालय हाताभित्र र हाता बाहिर शिष्ट र नम्र भाषाको प्रयोग गर्नुपर्ने ।

१२. कुनै विद्यार्थी विद्यालयमा विना जानकारी अनुपस्थित भएमा रु.५।-, विद्यालय आइ बीचमै भागेमा रु.१०।- साथै अतिरिक्त क्रियाकलापमा सहभागि नभई भागेमा रु. १५।- जरिवाना सम्बन्धित क्लासको अनुसाशन समितिलाई तिर्नुपर्नेछ ।