जनप्रेम माविमा अभिभावक जागरण कार्यक्रम

बैशाख ३ , २०७९

जनप्रेम माध्यामिक विद्यालय ताराखोला गाउँपालिका–१ भुस्कातमा बुधबार अभिभावक जागरण कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयको समग्र पक्षको विकासका लागि अभिभावकहरुको भूमिकालाई बढोत्तरि गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।कार्यक्रममा बोल्दै वडा न १ का वडा अध्यक्ष यम बहादुर श्रीसले सचेत र असल अभिभावकले मात्रै बालबालिकाहरुको मनोविज्ञान बुझ्न र मनोपरामर्श दिन सक्ने भएको हुनाले सबै अभिभावकरु सचेत र असल हुन अनुरोध गरे । कतिपय गलत व्यवहारहरु अभिभावकबाटै विद्यार्थीले सिक्ने हुँदा बालबालिकाहरुको अगाडी अभद्र व्यवहार, झै झगडा र नशालु पदार्थको सेवन नगर्न समेत अध्यक्ष श्रीसले अनुरोध गरे । श्रीसले भविश्यमा जनप्रेम माविलाई कृषि व्यवसायीक धारमा परिणत गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे । अभिभावक जागरण कार्यक्रममा विद्यालय र शिक्षकबाट हालसम्म सम्पादित कार्यहरुको विषयमा सहायक प्रधानाध्यापक टेक बहादुर पुन र शिक्षिका तेजमाया गुरुङले स्पष्ट पारे । त्यसै गरि अभिभावक, अभिभावकको प्रकार, असल अभिभावकको भूमिका र विशेषता, शिक्षाका राष्ट्रिय उद्धेश्य र अतिरिक्त क्रिययाकलापको सम्बन्ध, बालमैत्री र स्मार्ट विद्यालय तथा यसका सूचक र विद्यालयको भावि रणनैतिक र दीर्घकालीन योजनाका विषयमा प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष पूर्ण बहादुर गुरुङले अभिभावकहरुको गुनासा, सुझाव र प्रतिक्रियाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम विव्यस अध्यक्ष पूर्ण बहादु गुरुङको अध्यक्षता, शिक्षक इन्द्र बहादुर थापा र भिम कुमारी घर्तीको संचालन र विद्यालय व्यवस्थापन समितिका सदस्य गौरिमाया गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।

https://eparinews.com/ बाट साभार