तेक्वान्दो विजेता खेलाडीहरुलाई बधाई

अशोज १३ , २०८१

यस विद्यालयमा अध्ययनरत छात्रा छात्रहरुले तीन स्वर्ण र एक कास्य पदक जितेका छन् । यही मिति २०७९ आषाढ १६ र १७ गते बागलुङ बजारमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा युना घर्ती, रेजिना वि.क. र कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र वि.क.ले स्वर्ण पदक जितेका छन् । त्यसैगरी कक्षा ९ मा अध्ययनरत छात्रा बबिना श्रीसले कास्य पदक जित्न सफल भएका छन् । पदक विजेता सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई छ । हाल वहाँहरुलाई क्षेत्रीय प्रतियोगिता पोखरामा खेल्न जानका लागि १ हप्ता बागलुङ बजारमा प्रशिक्षणमा राखिएको छ । प्रशिक्षण सबल होस् र क्षेत्रीय प्रतियोगिमा विजयको अग्रिम शुभकामना समेत व्यक्त गर्दछौ ।

विद्यालयमा तेक्वान्दो खेलको शुरुवात २०७७ सालदेखि ताराखोला गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको हो । गाउँपालिकाको सहयोगमा नै जिल्ला स्तरको प्रतियोगितामा समावेश गरिएको थियो ।

यसैगरी २०७९।०२।२८ र २९ गते काठमाण्डौमा सञ्चालित ‘काठमाण्डौ महानगर ओपन तेक्वान्दो प्रतियोगिता’ मा पनि यस विद्यालयबाट सहभागि छात्र लक्सन वि.क.  ६८० जना सहभागिहरुमध्ये प्रथम तथा वेष्ट प्लेयर बन्न सफल भएका थिए भने कक्षा ८ मा अध्ययनरत छात्रा कृति श्रीस तृतीय भएका थिए । अन्तमा पदक विजेता सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालयको तर्फबाट हार्दिक शुभकामना ।