स्वर्ण पदक विजेता विद्यार्थीहरुलाई बधाई

अशोज १३ , २०८१

बागलुङ जिल्ला र ताराखोला गाउँपालिकालाई २ स्वर्ण र १ कास्य पदक दिलाउँन सफल विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई । यही मिति २०७९ आषाढ २३ र २४ गते पोखरामा सञ्चालन भएको क्षेत्रीय प्रतियोगितामा यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र महेन्द्र वि. क. र कक्षा ८ मा अध्ययनरत छात्रा रेजिना  वि.क.ले २ स्वर्ण र कक्षा ८ की छात्रा युना घर्तीले १ कास्य पदक जितेका छन् । तीनैजना खेलाडीहरुले यही आषाढ १६ र १७ गते बागलुङ बजारमा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भई क्षेत्रीय प्रतियोगिताका लागि छनौट हुन सफल भएका थिए ।

नेपालको सुन्दर नगरी पोखरामा सञ्चालन भएको क्षेत्रीय प्रतियोगितामा स्वर्ण पदक विजेता महेन्द्र वि.क. र रेजिना वि.क.ले जनप्रेम माध्यमिक विद्यालयको कक्षा १२ सम्म पूर्ण रुपमा निःशुल्क अध्ययन गर्न पाउने भनी विद्यालयले सार्वजनिक घोषणा समेत गरेको छ ।

२०७७ सालदेखि ताराखोला गाउँपालिको सहयोगमा प्रशिक्षक प्रदिप घर्तीलाई नियुक्त गरी प्रशिक्षण संचालन भएको थियो । गाउँपालिकाको लगानी अनुसार प्रतिफल प्राप्त हुँदै जाने  प्रशिक्षक घर्ती बताउँनुहुन्छ । साथै अब १,२ दिनको बन्द प्रशिक्षण पश्चात काठमाण्डौमा सञ्चालन हुने राष्ट्रिय प्रतियोगितमा विजयी भाइबहिनीहरु सहभागि हुने भएको हुनाले अग्रिम विजयको शुभकामना समेत प्रदान गरिन्छ ।