विद्यालय व्यवस्थापन समिति र शिअसंको पुनर्गठन

अशोज १३ , २०८१

बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ अमरभूमि भुस्कातले २०७९ साल भाद्र २४ गते शुक्रबारका दिन अभिभावकहरुको भेला सम्पन्न गरेको छ । भेलाले पूर्ण बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति र तिलक बहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय शिक्षक अभिभावक संघको पुनर्गठन गरेको छ । अभिभावक भेलाका प्रमुख अतिथि ताराखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री यम बहादुर श्रीसले शिक्षक,अभिभावक र विद्यार्थीहरुको त्रीपक्षीय मेल र मिहिनेतले मात्रै गुणस्तरीय शिक्षा संभव हुने भएको हुनाले बालबालिकाहरुको पहिलो पाठशाला आफ्नो घर भएको हुनाले घरमा पनि उपयुक्त वातावरण तयार गरिदिनु पर्ने अभिभावकहरुको पहिलो दायत्व भएको कुरा उल्लेख गर्दै आफूले यस विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि प्रतिबद्ध भएको व्यहोरा अवगत गराउनु भएको थियो । विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख श्री सबिता कुमारी के.सी. पौडेलले शिक्षा ऐन नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया र काम,कर्तव्य तथा अधिकारका वारेमा प्रष्ट्याउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु-

१ अध्यक्ष- श्री पूर्ण बहादुर गुरुङ  (शिक्षाप्रेमी,बुद्धिजीवी एवम् चन्दादाताहरुको तर्फबाट)

२ सदस्य- श्री कमला वि.क. पुन (अभिभावहरुको तर्फबाट)

३ सदस्य- श्री मनमाया वि.क. (अभिभावहरुको तर्फबाट)

४ सदस्य- श्री छम प्रसाद वि.क. पुन (अभिभावहरुको तर्फबाट)

५ सदस्य- श्री चन्द्र बहादुर वि.क. (अभिभावहरुको तर्फबाट)

६- सदस्य- श्री खरिमाया वि.क. (स्थानीय शिक्षाप्रेमीहरुको तर्फबाट)

७ सदस्य-  श्री गौरीमाया गुरुङ (वडा प्रतिनिधि)

८ सदस्य- श्री टेक बहादुर पुन (शिक्षक प्रतिनिधि)

९ सदस्य-सचिव श्री नईन्द्र बहादुर गुरुङ (प्रधानाध्यापक)

शिक्षक अभिभावक संघ

१-संयोजक श्री तिलक बहादुर गुरुङ

२- सदस्य श्री रविलाल सापकोटा

३- सदस्य श्री थमन घर्ती

४- सदस्य श्री हरिकला श्रीस

५- सदस्य श्री टेक बहादुर घर्ती

६- सदस्य श्री पवित्रा खत्री

७- सदस्य श्री शान्ति पुन

८- सदस्य श्री रोमा वि.क.

९- सदस्य सचिव श्री तेजमाया गुरुङ

भेला विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता गौरीमाया गुरुङको स्वागत नईन्द्र बहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश स्तरीय तेक्वाण्दो प्रतियोगितामा विजयी विद्यार्थीहरुका अभिभावकहरु र वडाका विजयी जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।