अभिभावकहरुले पालना गर्नु पर्ने आचार संहिताहरु

जेष्ठ २८, २०८०

१- आफ्ना छोराछोरीहरुले मोबाइल, टि.भी. कसरी प्रयोग गरिरहेको छ विशेष निगरानी राख्ने ।

२- आफ्ना बालबालिकाहरुलाई विद्यालय जाने, घर आइपुग्ने र स्वअध्ययन गर्ने समय तालिका बनाई कार्यान्वयन गर्न लगाउने ।

३- गृहकार्य गरे/नगरेको यकिन गर्ने र नियमित रुपमा विद्यालय पठाउने ।

४- साना बालबालिकाहरुलाई सफासुग्घर बनाई विद्यालयको पोशाकमा विद्यालय पठाउने ।

५- विद्यालयले सूचना गरी आमन्त्रण गरेको समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुने ।

६- आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि एक उच्च लक्ष्य बनाउन लगाउने र  उक्त लक्ष्य प्राप्तिका निमित्त प्रेरित गर्ने ।

७- घरायसी वातावरण शान्त, स्वच्छ र भयरहित बनाउने ।

८- प्रत्येक परीक्षाको नतिजा राम्ररी हेर्ने र सुधारका निमित्त प्रेरित गर्ने ।

९- आफ्ना बालबालिकाहरुका लागि आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्रीहरु सहित विद्यालय पठाउने ।

१०- आफ्ना छोराछोरीहरुको सवल र दुर्वल पक्षाका वारेमा कक्षा शिक्षकसँग बारम्बार सम्पर्कमा रहने ।

११- हरेक अभिभावकहरुले आ-आफ्नो घरमा शिष्ट, नम्र र सभ्य भाषाको प्रयोग गर्ने ।

१२- बालबालिकाहरुले गृहकार्य गर्दा अभिभावकहरु मोवाइल र टि.भी. मा व्यस्त नहुने ।

१३- आफ्नो घरलाई पहिलो पाठशालाको रुपमा लिई नैतिक आचरण सिकाउने ।

१४- सभ्य परिवार र सचेत अभिभावकको उदाहरण बन्न प्रयास गर्ने ।

१५- आफ्ना बालबालिकाहरुले स्वःअध्ययन गर्ने एकान्त कोठा वा एकान्त कुनाको व्यवस्था मिलाई दिने ।