शिक्षकहरुले पालना गर्नुपर्ने आचार संहिताहरुः-

असार १९, २०७९

१. सम्पूर्ण शिक्षकहरु अनिवार्य रुपमा विद्यालयको पोशाकमा विहान ९ः५० बजे उपस्थित भई सक्नुपर्ने ।

२. कक्षाकोठामा पूरा ४५ मिनेटको समयमा सक्रिय भई अध्यापन गराउनु पर्ने ।

३. आफूलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने ।

४. विद्यालयको अतिरिक्त क्रियाकलापमा सम्पूर्ण शिक्षकहरु सक्रिय रुपमा सहभागि हुनुपर्ने ।

५. विद्यालय समयको पूर्ण रुपमा पालना गर्नुपर्ने ।

६. विद्यालयको भौतिक सम्पत्तीको सुरक्षाका लागि सदैव तयार हुनुपर्ने ।

७. शिक्षकहरुले एकआपसमा आपसी समझदारी, सहयोग र सदभावको भावना राख्नुपर्ने ।

८. खाली पिरियडमा रहने शिक्षकहरुले विद्यालयको समयमा अनावश्यक कुराकानीभन्दा पनि शिक्षण सिकाई र समस्या तथा समाधानका विषयमा केन्द्रित हुनुपर्ने ।

९. कक्षाकोठमा मोबाइल प्रयोग गर्न पाइने छैन तर शैक्षिक प्रयोजनका निमित्त भने प्रयोग गर्न पाइनेछ ।

१०. प्रत्येक शिक्षकहरुले विद्यार्थीहरुको बौद्धिक विकासका लागि हरेक पिरियडको अन्तमा सामान्यज्ञान सम्बन्धी प्रश्नोत्तर गर्नुपर्ने ।

११. विद्यालय हाताभित्र मादक पदार्थ, सर्तीजन्य पदार्थ सेवन नगर्ने ।

१२. विद्यार्थीहरुलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई मुख्य लक्ष्य सम्झनुपर्ने ।