स्वर्ण पदक विजेता रेजिना वि.क.लाई बधाई

बैशाख २१, २०८०

बागलुङ जिल्लालाई एक मात्र स्वर्ण पदक दिलाउन सफल जनप्रेम मा.वि.को कक्षा ९ मा अध्ययनरत छात्रा रेजिना वि.क.लाई हार्दिक बधाई । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भई प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रथम भई बागलुङ जिल्लालाई नै एकमात्र स्वर्ण पदक दिलाउन सफल भएको जानकारी गुरु प्रदिप घर्तीले दिनुभयो । रेजिना वि.क. भर्खरै कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा गएकी छात्रा हुन् । वि.सं. २०६६ साल आषाढ १८ गते बाबु सुक बहादुर वि.क. र आमा रस्मला वि.क.को कोखबाट ताराखोला गाउँपालिका वडा नं. १ भुस्कातमा जन्मिएकी हुन् । सानैदेखि तेक्वान्दो खेलप्रति चासो राखी खेल आरम्भ गरेकी रेजिनालाई हाल विद्यालयले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भनी सार्वजनिक समेत गरेको छ । रेजिना अहिले विद्यालय, गाउँपालिका र बागलुङ जिल्लाकै सान र मान बनेकी छिन् । विद्यालयको तर्फबाट रेजिना वि.क.लाई उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक बढाई ।