नयाँ अभ्यास – भट्मास र आलु खेतीका लागि तयारी गर्दै

विद्यार्थीहरुलाई श्रमप्रति आस्था र सम्मान भाव व्यक्त गर्न गराउनका लागि परम्परागत ढंगले हलो जोत्ने र आलु तथा भट्मास खेती गर्ने सिप सिकाइदै आइएको छ । उक्त सीप विशेष गरी कक्षा ७ र ८ का विद्यार्थीहरुका लागि अतिरिक्त समयको व्यवस्थापन गरी सञ्चालन गरिएको छ । हाल परम्परागत हलोको सट्टा मिनीटेलर हलो प्रचलनमा आएको हुनाले आगामी दिनमा विद्यार्थीहरुलाई सो को पनि अभ्यास गराउने योजना रहेको छ ।