नयाँ अभ्यास – व्यावसायिक कक्षा सञ्चालन

कक्षा ८ र ९ का सम्पूर्ण छात्रा तथा छात्रहरुलाई विहान ९ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म व्यवासायिक कक्षा सञ्चालन गरिएको छ । व्यवसायिक कक्षामा टोपी, मोजा, पञ्जा, गलबन्दी र झोला बुन्न सिकाइन्छ । उक्त कक्षा सञ्चालन गर्नका लागि स्थानीय अभिभावकहरुमध्येबाट माया घर्तीलाई भोलेन्टियरका रुपमा नियुक्त गरिएको हो । पढाइका अतिरिक्त विभिन्न सीप सिक्न पाउँदा विद्यार्थीहरु हर्षित छन् ।