सुचनाहरू

सरुवा निबेदन सम्बन्धमा ।

बैशाख १०, २०८३

स्थायी शिक्षक सरुवा सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको प्रा.वि. तृतीय श्रेणीमा स्थायी शिक्षक सरुवा भई यस विद्यालयमा आउन चाहना भएका शिक्षकहरुले रितपूर्वकको निवेदन सहित शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ बमोजिमको प्रक्रिया पुर्‍याई यसैसाथ संलग्न गरिएको सूचना अनुसार आवेदन दर्ताका लागि यो सूचना प्रकाशन गरिएको छ ।

कक्षा १२ को नियमित कक्षा सञ्चालन सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन गरी पूरक परीक्षा समेत यही मिति २०८१ साल आषाढ महिनाको २ र ३ गते सञ्चालन गरी कक्षा १२ को नियमित कक्षा २०८१।०३।०४ गतेदेखि सञ्चालन गरिने भएको हुनाले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

अन्तिम लेखापरीक्षण प्रतिवेदन

बैशाख १०, २०८३

यस विद्यालयकको आ.व. ०७९/०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षको आय व्यय विवरण तपसिल वमोजिम रहेको व्यहोरा जानकारीका लागि सार्वजनिक गरिएको छ । तपसिल श्री जनप्रेम माध्यमिक विद्यालय ताराखोला गाउँपालिका वडा नं....

अर्ध वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मको अर्धवार्षिक परीक्षा र कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा smart school app मा यही मिति २०८० साल पौष ११ गते प्रकाशन गरि सकिएको हुनाले कक्षा १ देखि १० सम्मले Smart School app मा Half Yearly Examination 2080 र कक्षा ११ ले First Term Exam 11 तथा कक्षा १२ ले First Term Exam 12 मा Click गरी आ-आफ्नो नतिजा हेर्नका लागि सूचित गरिन्छ ।

कक्षा १२ को आवेदन फाराम भर्ने सम्बन्धि सूचना

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १२ मा अध्ययनरत नियमित समूहका सम्पूर्ण विद्यार्थीहरु र कक्षा १२ को आंशिक तथा ग्रेडबृद्धि गर्ने विद्यार्थीहरुले आवेदन फाराम भर्नु पर्ने भएको हुनाले यही मिति २०८० साल पौष मसान्तभित्र विद्यालयमा सम्पर्क गरी परीक्षा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ ।

दशैं, तिहार तथा छठ पर्वको विदा सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रा, छात्र, शिक्षक तथा कर्मचारीहरुमा यो सूचित गरिन्छ कि नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा यही मिति २०८० साल आश्विन महिनाको २८ गते घटस्थापनाका दिनदेखि मंसिर ४ गतेसम्म तारा...

प्रथम त्रैमासिक परीक्षा सम्बन्धमा ।

बैशाख १०, २०८३

उपर्युक्त विषयमा ताराखोला गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार कक्षा १ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा यही मिति २०८०।०५।२५ गते बिहान ११:०० बजेदेखि तपसिल वमोजिमको समय तालिका अनुसार सञ्चालन हुने भएको हुनाले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । परीक...

कक्षा १२ को नतिजा सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयबाट कक्षा १२ को अन्तिम परीक्षामा सहभागि विद्यार्थीहरु मध्ये तपसिल वमोजिमका १३ जना विद्यार्थी भाइबहिनीहरु सफल भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई दिदै आगामी दिनमा थप शैक्षिक सफलताको कामना गर्दछौ । तपसिल १- करुणा पुन ३.२३ २- ...

कक्षा ११ र १२ को भर्ना सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीहरुले तपसिल वमोजिम गर्नु हुनका लागि जानकारी गराइन्छ । १- एसईई परीक्षामा कम्तीमा पनि 1.6 GPA प्राप्त गरेको हुनु पर्ने, २- 3.0 वा सोभन्दा धेरै GPA भएको विद्यार्थीहरुको लागि भर्ना निःशुल्क हुने, ३- ताराखोला गाउँपालिका भन्...

नतिजा प्रकाशन र अभिभावक भेला सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १ देखि १० सम्मको प्रथम मासिक परीक्षाको नतिजा Janaprem Secondary School एप्स मार्फत प्रकाशन गरी सकिएको हुनाले सोही एप्स मार्फत आफ्ना बालबालिकाहरुको नतिजा हेर्नु हुनका लागि जानकारी गराइन्छ । साथै एप्स चलाउन नसक्नु भएका वा मोवाइल नम्बर परिवर्तन गर्नु भएका अभिभावकहरुले यही मिति २०८० साल आषाढ ८ गते मध्यान्ह ठिक १२ बजे विद्यालयमा उपस्थित भई दिनु हुनका लागि जानकारी गराइन्छ ।

अर्थशास्त्र विषयको शिक्षक आवश्यक्ता

बैशाख १०, २०८३

यस विद्यालयको मा.वि. तहको अनुदान कोटा (कक्षा ११-१२) मा १ जना अर्थशास्त्र विषयको शिक्षकको आवश्यकता परेको हुनाले विज्ञापन अनुसार योग्य नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।

कक्षा १२ को परीक्षा र परीक्षा केन्द्र सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण छात्रा तथा छात्रहरुको परीक्षा यही मिति २०८० साल बैशाख २६ गतेदेखि ज्येष्ठ ५ गतेसम्म श्री अमर माध्यमिक विद्यालय बिहुँमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । परीक्षा विहान ८ बजेखि ११ बजेसम्म सञ्चा...

शैक्षिक अन्तरक्रिया सम्बन्धी सूचना

बैशाख १०, २०८३

यही मिति २०८० साल बैशाख २४ गते आइतवार ठिक १:०० बजे जनप्रेम मा.वि. बुकेनीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि र विद्यार्थी प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा एक दिने वृहत अन्तरक्रिया गरी मौजुदा सिकाइ उपलब्धीलाई बृद्धि गर्ने...

नारी दिवसको बिदा

बैशाख १०, २०८३

यही मिति २०७९ साल फागुन २४ गते ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस ताराखोला गाउँपालिका स्तरीय कार्यक्रम वडाँ नं. १ अमरभूमिको बुकेनी डाँडामा मनाउने निर्णय भएको हुनाले सो स्थानमा हो-हल्ला हुन गई पठन पाठन गर्नका लागि असहज हुने भएको हुँदा उक्त दिन विद्यालय पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

अर्ध वार्षिक परीक्षाको नतिजा सम्बन्धमा

बैशाख १०, २०८३

यही मिति २०७९ साल पौष ३ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको कक्षा  १ देखि १२ सम्मको अर्धवार्षिक  परीक्षाको नतिजा यही मिति २०७९ साल पौष १८ गते तपसिल वमोजिमको समय तालिका अनुसार अभिभावकहरुको उपस्थितिमा प्रकाशन गरी पुरुस्कार वितरण गर्नुका साथसाथै अभिभावक ज्यूहरुसँग छलफ...

विद्यालय बन्द हुने सम्बन्धमा

बैशाख १०, २०८३

यही मिति २०७९ साल मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको चुनावको केन्द्र यस विद्यालयमा परेको हुँदा र मिति २०७९।०८।०१ गते साँझ ४ बजेभित्र मतदान अधिकृत सहित मतदान गराउने सम्पूर्ण टिम विद्यालयमा आईपुग्ने र मतदान टिमका टोलीहरु विद्यालयमा आए पश्चात आफ्नो चुनावी क्रिया...

अतिरिक्त क्रियाकलाप

बैशाख १०, २०८३

२०७९ कार्तिक १८ गते शुक्रवार अन्तर सदनात्मक हिज्जे प्रतियोगिता २०७९ कार्तिक २५ गते अन्तर सदनात्मक लोक साँस्कृतिक प्रतियोगिता २०७९ मंसिर २ गते अन्तर सदनात्मक निबन्ध र एकल गायन प्रतियोगिता

कक्षा १२ को पूरक परीक्षाको केन्द्र सम्बन्धमा

बैशाख १०, २०८३

यस विद्यालयको कक्षा १२ को पूरक परीक्षामा सम्मिलित हुने गरी परीक्षा आवेदन फाराम भर्नुभएका विद्यार्थीहरुको ग्रेडवृद्धि (पूरक) परीक्षा यही आश्विन महिनाको ३० र ३१ गते ( जुनसुकै विषय भए तापनि एउटा विषय मात्रै भए ३० गते र दुईवटा विषयको हकमा सानो विषय कोडको परीक्षा ३० गते ...

सम्पूर्ण अभिभावक ज्यू

बैशाख १०, २०८३

यही मिति २०७९ साल भाद्र २४ गते ठिक १:०० बजे यस विद्यालयको कक्षा १ देखि १२ सम्मका सम्पूर्ण अभिभावक ज्यूहरुको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरिने भएको हुनाले सम्पूर्ण अभिभावक ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । नईन्द्र बहादुर गुरुङ प्रधानाध्यापक

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सम्बन्धमा

बैशाख १०, २०८३

२०७९ साल जेष्ठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागि भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा D वा सोभन्दा माथि...

एसईई ग्रेड बृद्धि सम्बन्धी जरुरी सूचना

बैशाख १०, २०८३

यस विद्यालयबाट शैक्षिक सत्र २०७८ सालमा नियमित समूहबाट सहभागि भई उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ । राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका बढीमा कुनै दुई विषयमा ग्रेड बृद्धि गर्न इच्छुक वि...

कक्षा ११ को भर्ना सम्बन्धमा

बैशाख १०, २०८३

यस विलालयको कक्षा ११ मा यही मिति २०७९।०४।१९ गतेदेखि भर्ना शुरु गरिएको हुनाले एसइइ परीक्षामा कम्तीमा पनि १.६ जिपिए लिएका सम्पूर्ण विद्यार्थीहरुले विद्यालयमा सम्पर्क गरी आप्नो सिट सुरक्षित गरी राख्नका लागि जानकारी गराइन्छ ।

गाउँपालिकाबाट प्राप्त दरवन्दीमा शिक्षक आवश्यकता

बैशाख १०, २०८३

शैक्षिक सत्र २०७८ काे अन्तिम परिक्षाकाे परिक्षाफल प्रकाशन सम्वन्धमा ।

चैत्र २९, २०७८

शैक्षिक सत्र २०७८ काे अन्तिम परिक्षाकाे परिक्षाफल १७ बैशाख २०७९ मा  प्रकाशन गर्ने सुचना सम्प्रेषण गर्दछाैँ ।

जनप्रेम मा.वि.मा लेखा शिक्षकको आवश्यकता

बैशाख ६, २०७९

२०७७ परिक्षाकाे अन्तिम नतिजा प्रकाशन गरिने व्यहोरा

चैत्र १८, २०७८

यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुको प्रथम त्रैमासिक २०७७ र अर्ध-वार्षिक २०७७ परीक्षाका अाधारमा अान्तरिक मुल्यांकन गरी यही ज्येष्ठ मसान्तभित्रमा अन्तिम नतिजा प्रकाशन गरिने व्यहोरा जानकारी गराइन्छ ।

कक्षा ११ को परीक्षा २०७८ समय तालिका प्रकाशन गरिएकाे बारे ।

चैत्र १८, २०७८

कक्षा ११ को परीक्षा २०७८ साउन २४ गते संचालन गर्ने गरी समय तालिका प्रकाशन गरिएकाे छ ।  

कोभिड-१९ रोग विरुद्धको खोप कार्यक्रम सम्बन्धमा

बैशाख ९, २०७९

यस विद्यालयमा अध्ययनरत १२ वर्षदेखि १७ वर्षसम्म(जन्ममिति २०६० फागुनदेखि २०६६ पुषसम्म ) का सम्पूर्ण विद्यार्थीहरुका लागि यही मिति २०७८/१०/०७ गते अमरभूमि स्वास्थ्य चैाकीमा र माघ ८ गते जनप्रेम मावि भुस्कातमा कोभिड-19 रोग विरुद्धको खोप कार्यक्रम भएको हुनाले पायक पर्ने स्थानमा जन्मदर्ता प्रमाण पत्र सहित उपस्थितिका लागि जानकारी गराइन्छ ।

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा

चैत्र ३०, २०७८

यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुको प्रथम त्रैमासिक र अर्ध-वार्षिक परीक्षाका अाधारमा अान्तरिक मुल्यांकन गरी यही ज्येष्ठ मसान्तभित्रमा अन्तिम नतिजा प्रकाशन गरिने व्यहोरा जानकारी गराइन्छ ।