कक्षा ११ र १२ को भर्ना सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयको कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीहरुले तपसिल वमोजिम गर्नु हुनका लागि जानकारी गराइन्छ ।

१- एसईई परीक्षामा कम्तीमा पनि 1.6 GPA प्राप्त गरेको हुनु पर्ने,

२- 3.0 वा सोभन्दा धेरै GPA भएको विद्यार्थीहरुको लागि भर्ना निःशुल्क हुने,

३- ताराखोला गाउँपालिका भन्दा बाहिरबाट आउने विद्यार्थीहरुका लागि भर्ना निःशुल्क हुने,

४- ताराखोला गाउँपालिका वडा नं. १ भन्दा बाहिरबाट आउने विद्यार्थीहरुका लागि भर्ना शुल्कमा ५०% छुट हुने,

४- साविकको वडा नम्बर १, २, ३, ४ र ५ बाट आउने विद्यार्थीहरुका लागि भर्ना शुल्कमा २५% छुट हुने,

५- कक्षा ११ को भर्ना शुल्क रु. ४०००।-

६- गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिनेछ ।

कक्षा १२ मा भर्ना हुने विद्यार्थीहरुका लागि ३५००।- भर्ना शुल्क लाग्नेछ । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र लोकेश घर्तीलाई भर्ना तथा मासिक शुल्क पूर्ण रुपमा छुट हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

कक्षा ११ र १२ मा निःशुल्क रुपमा १/१ वटा कम्प्युटर कक्षाको समेत व्यवस्था गरिएको छ । दुबै कक्षाको नियमित पठन पाठन यही मिति २०८० साल श्रावण १४ गते आइताबारदेखि सञ्चालन गरिनेछ ।