कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सम्बन्धमा

असार १८ , २०८१

२०७९ साल जेष्ठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागि भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले मिति २०७९ भाद्र मसान्तभित्र तपसिल वमोजिमका कागजातहरु सहित विद्यालयमा स्वयम् उपस्थित भई परीक्षा आवेदन फाराम भर्नका लागि जानकारी गराइन्छ ।

तपसिल

१ कक्षा १२ को मार्कशिट थान १ (इन्टरनेटबाट निकालिएको)

२ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो  थान २

३ आवेदन शुल्क रु. ८००।-

पुनश्च: परीक्षा यही २०७९ साल असोज ३० र ३१ गते विहान ११:०० वजेदेखि २:०० बजेसम्म हुनेछ ।