दशैं, तिहार तथा छठ पर्वको विदा सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रा, छात्र, शिक्षक तथा कर्मचारीहरुमा यो सूचित गरिन्छ कि नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा यही मिति २०८० साल आश्विन महिनाको २८ गते घटस्थापनाका दिनदेखि मंसिर ४ गतेसम्म ताराखोला गाउँपालिकाको शैक्षिक क्यालेण्डर वमोजिम विद्यालयीय पठन पाठन बन्द हुने र २०८० साल मंसिर ५ गते मंगलबारका दिनदेखि पुनः नियमित रुपमा पठन पाठन सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।
साथै विजया दशमी, शुभ दिपावली तथा छठ पर्वले सम्पूर्ण नेपालीहरुको घर परिवारमा सुख-शान्ति, हर्ष र सम्बृद्धि ल्याउनुका साथसाथै यस विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रा-छात्रहरुमा अध्ययनप्रति दिलचस्पी र रुचीको भावना अभिवृद्धि होस् भन्ने शुभकामना समेत व्यक्त गर्दछौ ।