अभिभावक भेला र कार्यसम्पादन सम्झौता

अशोज १३ , २०८१

जनप्रेम माध्यमिक विद्यालयको कक्षा १-८ का अभिभावकहरुको भेला यही मिति २०७९।०५।१० गते सम्पन्न भएको छ । भेलाले कक्षा १ देखि ८ सम्मका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयमै दिवा खाजा बनाएर खुवाउने निर्णय पारित गरी कमला वि.क., हरि श्रीस र तिलक बहादुर गुरुङ रहेको ३ सदस्यीय खाजा व्यवस्थापन समितिको गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले आफूले गाउँपालिकासँग २८ बुँदे कार्य सम्पादन सम्झौता गरेको व्यहोरा अवगत गराउँदै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई पनि १६ बुँदे कार्य सम्पादन सम्झौता गर्ने गरी निर्णयार्थ प्रस्तुत गरी भेलाद्धारा पारित गराई सम्झौता गर्ने निर्णय समेत गरेको छ । साथै भेलामा अभिभावकहरुको गुनासो तथा सुझाव सङ्कलन, अतिरिक्त कक्षा सञ्चालन, नयाँ भवन निर्माण र अनुमानित लागतका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रम विद्यालयका विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता प्रा.वि. इन्चार्ज तेजमाया गुरुङको सञ्चालन र प्रधानाध्यापक नईन्द्र बहादुर गुरुङले स्वागत तथा छलफलका एजेण्डाहरु प्रस्तुत गरी अघि बढाइएको थियो भने सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनले अन्तिम लिखित निर्णय सुनुवाई गरे पश्चात अध्यक्षद्धारा कार्यक्रम समापन गरिएको थियो ।