“ बालबालिकामा लगानी, सुनिश्चिच भविष्यको थालनी ” भन्ने मूल नाराका साथ २०८२ साल भाद्र २९ गते जनप्रेम बालक्लवले एक औपचारिक कार्यक्रम सहित ६१ औं बालदिवस मनाएको छ । जनप्रेम मा.वि.को कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई लक्षित गरेर विविध प्रतियोगिताहरु सञ्चालन गरेको छ । कक्षा १-३ का लागि बेलुन फुटाउने, कक्षा ४-५ का लागि चम्चा दौड, कक्षा ६-८ का लागि वक्तृत्वकला र एकल लोकनृत्य र कक्षा ९-१२ का लागि सामूहिक लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता सञ्चालन गरेको थियो ।

आधारभूत तहको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय क्रमशः दिपिका वि.क., प्रिन्सा वि.क. र प्रिज्मा घर्ती भएका थिए । त्यसैगरी मा.वि. तहको वक्तृत्वकला प्रतियोगितामा गोमा वि.क. प्रथम, तारादेवी आचार्य द्धितीय र खेमकुमारी वि.क. पुन तृतीय हुन सफल भएका थिए ।

बालक्लवका अध्यक्ष सुदिप गुरुङको अध्यक्षता उपाध्यक्ष तारादेवी आचार्यको स्वागत मन्तव्य र बालक्लवका संरक्षक शिक्षक श्री रामु पौडेलको उदघोषणमा कार्यक्रम सञ्चालन भएको थियो । विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङ र प्रमुख अतिथि श्री यम बहादुर श्रीसले विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
