डा.उपाधि प्राप्त गरेकोमा हार्दिक बधाई

अशोज १३ , २०८१

बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ मेहेले जन्म भई यस विद्यालयमा अध्ययन गर्नुभएका पूर्व विद्यार्थी गोविन्द ढुङ्गानाले Statistics विषयमा विद्यावारिधि (PHD) गरी डा. उपाधि प्राप्त गर्न सफल हुनुभएको हुनाले विद्यालयको तर्फदेखि हार्दिक बधाई ज्ञापन गर्दछौ । यस विद्यालयका पूर्व विद्यार्थीहरु मध्ये विद्यावारिधि गर्ने तेस्रो व्यक्तिका रुपमा ढुङ्गाना हुनुहुन्छ । पहिलो व्यक्ति डा. ‍ओम गुरुङ, दोस्रोमा डा. भानुभक्त कँडेल र तेस्रो व्यक्तिमा गोविन्द ढुङ्गाना हुनुहुन्छ । हाल ढुङ्गाना भरतपुर चितवनमा रहेको वीरेन्द्र बहुमुुखी क्याम्पसको उप-प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । त्यसैले उहाँको शैक्षिक एवम् अनुसन्धात्मक कार्यमा थप हौसलता र सफलताको कामना सहित सफल र सार्थक जीवनको कामना गर्दछौ ।