डा. ‌‍ओम गुरुङको श्रद्धाञ्जली सभा सम्पन्न

अशोज १३ , २०८१

यस विद्यालयबाट प्राथमिक शिक्षा आरम्भ गरी सन् १९९६ मा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा पि.एच.डी. को उपाधी प्राप्त गर्नुभएका बहुप्रतिभाशाली व्यक्तित्व प्रा.डा.ओम गुरुङको यही मिति २०७९साल असोज ३१ गते उपचारकै क्रममा क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा अकल्पनीय निधन भएको थियो । विद्यालयको आयोजनामा यही मिति २०७९ साल कार्तिक ११ गते १२ औं पुण्यतिथीका अवसरमा एक औपचारिक कार्यक्रम सहित श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष श्री यम बहादुर श्रीसको प्रमुख आतिथ्यता विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनको उदघोषणबाट सञ्चालन भएको कार्यक्रममा  प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङले प्रा.डा. ओम गुरुङको जीवनी, उहाँले गरेका महत्पूर्ण कार्य र उहाँको जीवनीबाट हामीले सिक्नु पर्ने कुराहरुको वारेमा स्पष्ट पार्नुभएको थियो । त्यसपछि १ मिनेट मौन धारणा गरी लाख बत्ती समेत जलाइएको थियो ।

डा. गुरुङले यस विद्यालयको चौतर्फि विकास र उन्नतीका लागि परिवारको तर्फबाट ५ लाख अक्षयकोष समेत प्रदान गर्नुभएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको विकासका निमित्त अतुलनीय योगदान पुर्‍याउनु भएको थियो । साथै गुरुङले आदिवासी जनजातिहरुको आन्दोलन लगायत झण्डै १ दर्जनभन्दा बढी संघ संस्थाको जिम्मेवारी वहन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रमख अतिथि श्री यम बहादुर श्रीसले स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा आरम्भ गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चित हुन सफल डा. ओम गुरुङको वाँकी सपना अब हामीले पूरा गर्नुपर्ने दायित्व बढेको हुनाले शोकलाई शक्तिमा बदलेर अघि बढ्नु पर्छ भन्नुभयो ।  कार्यक्रममा विद्यालयको तर्फबाट विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङ र वडाको तर्फबाट श्री यम बहादुर श्रीस र सदस्य श्री गौरीमाया गुरुङले समवेदना प्रदान गर्नुभएको थियो ।