द पहार ट्रस्ट नेपालद्धारा भवन हस्तान्तरण

अशोज १३ , २०८१

द पहार ट्रस्ट नेपालद्धारा ९२ लाख र स्थानीय जनसमुदायको २५ प्रतिशत श्रमदान तथा ताराखोला गाउँपालिकाको ४ लाख ४६ हजारको सहयोगमा बनेको ८ कोठे नयाँ भवनको हस्तान्तरण कार्य सम्पन्न भएको छ । हस्तान्तरण गर्नका लागि पहार ट्रस्ट नेपालका अध्यक्ष विजुली बहादुर गुरुङ, ईन्जिनियर टेकराज राना र सुपरभाइजर चित्र प्रसाद गुरुङलाई  निर्माण समितिका अध्यक्ष गौरीमाया गुरुङ,सदस्य खरिमाया वि.क.,सदस्य जग बहादुर छन्त्याल, सदस्य भूमिराज सापकोटा, सदस्य सन्तु घर्ती, सल्लाहकार लालमणी श्रीस, सल्लाहकार गंग प्रसाद गुरुङ र विव्यस अध्यक्ष पूर्ण बहादुर गुरुङले सम्मान गर्नु भएको थियो ।

    नव निर्मित भवनको शिलन्यास GROW YOUR AGENCY का मेम्बर र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती र उपाध्यक्ष दिल कुमारी पुनले संयुक्त रुपमा गर्नुभएको थियो ।