पूर्व विद्यार्थीद्धारा पुस्तक प्रदान

पुस २३ , २०८०

गण्डकी प्रदेश बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ निवासी ईन्द्र बहादुर सुनारको छोरा लोकेन्द्र (विकास) सुनार हालसालै जापानबाट आफ्नै जन्मभूमि नेपाल फर्किए पछि यस विद्यालयलाई पुस्तक प्रदान गर्नुभएको छ । आफूले एसएलसी उत्तीर्ण गरेको विद्यालयको लागि उपहार स्वरुप विद्यालयको लाइब्रेरीका निमित्त झण्डै दुई दर्जन पुस्तक प्रदान गर्नुभएको छ । विकासको श्रीमती अञ्जना सुनारले पनि यसै विद्यालयबाट २०७९ सालमा मात्रै कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । लोकेन्द्र (विकास) सुनारको बाबु ईन्द्र बहादुर सुनारले आफ्नो स्व.बाबा प्रतिमान सुनार आमा गर्विमाया सुनारको स्मृतिमा २०७७ साल फागुन १३ गते १,५०,०००।- (एक लाख पचास हजार) अक्षयकोष समेत प्रदान गर्नुभएको छ । सकारात्मक सोंचका साथ रचनात्मक कार्य गरौं, जति सकिन्छ त्यति गरौं तर केही न केही अवश्य गरौं भन्ने मूल मन्त्रलाई आत्मसात गरी उदारभावले विद्यालयप्रति दिनु भएको योगदानप्रति हार्दिक कृतज्ञता प्रकट गरिन्छ । साथै उहाँ र उहाँको स-परिवारमा सुख,शान्ति र सम्बृद्धिको कामना समेत गरिन्छ ।