राष्ट्रपति रनिङ्ग शिल्ड विजेता विद्यार्थीहरुलाई सम्मान

अशोज १३ , २०८१

ताराखोला गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा यही मिति २०७९ साल फागुन ७, ८ र ९ गते गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु बीच सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा यस विद्यालयबाट सहभागि विद्यार्थीहरुले ७ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित रनिङ्ग शिल्ड नै जित्न सफल भएका छन् ।

रनिङ्ग शिल्ड विजेता प्रतियोगिहरुलाई २०७९।११।१२ गते शुक्रवारका दिन स्थानीय पञ्चेबाजा सहित विद्यालयमा स्वागत तथा सम्मान गरिएको छ । विजयी प्रतियोगिहरुलाई विद्यालयका प्रधानाध्यापक श्री नईन्द्र बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पूर्ण बहादुर गुरुङले बधाई तथा धन्यवाद दिंदै अविर, माला र खादा ओढाई सम्मान गर्नुका साथसाथै पुष्पवृष्टि समेत गरिएको थियो । साथै टिम लगेर जानुभएका संरक्षक शिक्षक विद्यालयका सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनलाई उपस्थित विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुद्धारा अविर जात्रा समेत गरिएको थियो ।

शिक्षक देवसिंह सुतारको उदघोषण र प्रा.वि. ईन्चार्ज तेजमाया गुरुङको स्वागत भाषणबाट शुरु गरिएको औपचारिक कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।