राष्ट्रिय पदक पनि लिएरै छोडे महेन्द्रले

अशोज १३ , २०८१

यस विद्यालयको कक्षा १० अध्ययनरत छात्र महेन्द्र वि.क.ले राष्ट्रिय पदक पनि लिएरै छोडे । बागलुङ जिल्ला र गण्डकी प्रदेशमा प्रथम भई यही २०७९ साल आषाढ २८ र २९ गते काठमाण्डौमा सञ्चालन भएको राष्ट्रिय स्तरको बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५१ के.जी. को तौल समूहमा तृतीय स्थान प्राप्त गरी गण्डकी प्रदेश,बागलुङ जिल्ला र ताराखोला गाउँपालिकालाई नै राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा एक कास्य पदक दिलाउन सफल भएका छन् ।

ताराखोला गाउँपालिकाले गरेको लगानी, प्रशिक्षक प्रदिप घर्ती, सहायक प्रशिक्षक गौरव गुरुङको कुशल प्रशिक्षण र स्वयम् महेन्द्रको अनुशासन र गलनशीलताको परिणामस्वरुप विद्यालय,गाउँपालिका,जिल्ला र प्रदेशकै नाम राख्न सफल महेन्द्र वि.क. को उदाहरणलाई अन्य विद्यार्थीहरुले पनि अनुसरण गर्नुपर्छ भन्दै पुनः महेन्द्र वि.क.लाई विद्यालयकै तर्फदेखि हार्दिक धन्यवाद एवम् बधाई व्यक्त गरिन्छ ।