विद्यालय सुधार सम्बन्धी अन्तरक्रिया

अशोज १३ , २०८१

२०८१ साल ज्येष्ठ ३१ गते जनप्रेम मा.वि.मा विद्यालय सुधार सम्बन्धी सरोकारवालाहरुबिच एक शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विव्यस अध्यक्ष श्री पूर्ण बहादुर गुरुङको अध्यक्षता सहायक प्रधानाध्यापक श्री टेक बहादुर पुनको स्वागत र शिक्षक श्री देवसिंह सुतारको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष यम बहादुर श्रीस, कार्यपालिका सदस्य श्री चन्दरकली रोका र श्री गौरीमाया गुरुङ, वडा सदस्य श्री भक्त बहादुर नाइसा र सल्लाहकार सदस्य श्री गंगा प्रसाद गुरुङले मन्तव्य राख्न्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा विव्यसका पदाधिकारी, शिअसं. का पदाधिकारी, विद्यालयका शिक्षकहरु, कक्षा ८, १० र १२ का अभिभावक र बालक्लवका प्रतिनिधि विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियाले तपसिल वमोजिमका कार्यहरु लागु गर्ने निर्णय गरेको छ ।
तपसिल
१. मासिक रुपमा सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने
२. कक्षा ५ देखि १२ सम्म MY SECOND TEACHER को व्यवस्थापन गर्ने
३. विव्यसका सदस्यहरुको संयोजकत्वमा विभिन्न समितिहरुको गठन गर्ने
४. नतिजाका आधारमा अभिभावक, शिक्षक र विद्यार्थीहरुको प्रतिवद्धता तयार गरी अभिलेख राख्ने
५. विद्यालयमा एक सेल्फी सेन्टरको निर्माण गर्ने
६. “घरघरमा करेसाबारी खाने आफ्नै तरकारी” कार्यक्रम लागु गर्ने
७. वार्षिक रुपमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गर्ने
८. विद्यार्थीहरुको वेषभुषा प्रतियोगिता सञ्चालन गर्ने
९. परामर्श कक्ष र परामर्श समितिको निर्माण गर्ने
१०. Head Teacher Award सञ्चालन गर्ने
११. उत्कृष्ट गृहकार्य गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने
१२. कमजोर र गयल हुने विद्यार्थीहरुको अभिभावकहरुसँग नियमित रुपमा भेटघाट र सम्पर्क गर्ने
१३. विद्यार्थीहरुलाई सिपसँग जोडेर लैजाने
१४. Smart School app लाई नियमित रुपमा सञ्चालन गर्ने
१५. खाली पिरियडलाई भरपर्दो माध्यमबाट व्यवस्थापन गर्ने