टोपी, मोजा बुन्दै

जनप्रेम माध्यमिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत सम्पूर्ण छात्र तथा छात्राहरुले उनीको ढागोबाट टोपी, मोजा,गलबन्दी बुन्ने अभ्यासमा तल्लीन भएका छन् । विद्यालयले व्यवसायिक शिक्षा अन्तर्गत विहान ९ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ५ बजेसम्म अतिरिक्त समयको व्यवस्थापन गरी सो सीप सिकाइएको हो । प्रशिक्षक माया घर्तीलाई अस्थायी नियुक्ति दिई अतिरिक्त कक्षाको व्यवस्थापन गरिएको हो ।