स्वमंसेवक

प्यूठान घर भइ पाल्पा वस्नुहुने कुल प्रसाद कौलाई बागलुङ ल्याई राधाकृष्ण मन्दिरको सत्तल (पौवा) मा समाजसेवी मेघ कुमार वैधको सहयोगमा शिक्षापे्रमी तथा समाजसेवी काका ओम प्रसाद गौचनले १९९७ सालमा विद्यामान्दिर स्कुलको स्थापना गर्नु भएको थियो । त्यस वेला नेपालमा शिक्षाको कुरा गर्नु दण्डनिय मानिन्थ्यो र चरम दमनको युग संचालन भइरहेको थियो । सत्तलको पढाइ दिर्घकालिन नहुने देखे पछि सत्तलको उत्तर पट्टि रहेको खाली जग्गामा मेघ कुमार वैधको डिजाइनमा काका ओम प्रसाद गौचनले आफ्नो निजी खर्च र विभिन्न व्यक्तिहरु संग सहयोग उठाउदै १९९९ सालमा विद्यामानिरस्कुलको भवन निर्माण सुरु गर्नु भयो र २००१ मा सम्पन्न गर्नु भएको ऐतिहासिक तथ्यहरुले देखाउद छ ।

काठमाडौँ देखि जनप्रेम मा.वि. कसरी जाने थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोस् यहाँ थिच्नुहोस्